Sunday, February 18, 2018
Home > top news > जसको जिन्दगीलाई खुकरीले बनायो धारिलो

जसको जिन्दगीलाई खुकरीले बनायो धारिलो

khukuri_nepal

गोपाल बराल
वर्दिबास, २३ माघ ।

पैसा कमाउन युवा विदेश गइरहेको बेला महोत्तरी जिल्लाको वर्दिबास–७ का जनकबहादुर विश्वकर्माको परिवार आफ्नै घरमा चलाइएको पुख्र्यौली पेशाले दाम र नाम पाएर दङ्ग छ । परम्परागतरुपमा अप्नाउँदै आएको आरन पेशाबाट मनग्गे आम्दानी गर्नुसँगै आफ्नो उत्पादनले राम्रो चर्चा पाएपछि विश्वकर्मा परिवारमा सुख र सन्तोस छाएको हो ।
कृषि कार्यका लागि कँचिया, हँसिया, कोदालो, हलो र फाली अर्दापेरै (धार बनाउने काम) बाट वर्षेनी तीन÷चारलाख आम्दानी हुने गरेको विश्वकर्मा परिवारको भनाइ छ । कृषि कार्यका लागि बनाइने नयाँ औजार र खुकुरी बनाएर हुने आम्दानी वर्षेनी पाँच लाखको हाराहारीमा हुनेगरेको जनकबहादुरले बताउनुभयो ।

नेपाली सेनाको १७ वर्षे सेवाबाट अवकास लिएलगत्तै आफ्नै घरमा खोलिएको भुपूसैनिक खुकुरी उद्योगमा खुकुरीको मागआनुसारको आपूतर््िा गर्न भ्याइनभ्याई भएको जनकको भनाइ छ । प्रत्येक वर्षको दशैं पर्वको मुखमा बेचिएको खुकुरीको हिसाब वार्षिक आम्दानी हिसाबमा विश्वकर्मा परिवारले राख्ने गरेको छैन । ‘दशैंमा हाकिम कर्मचारीले ढ्याक्कै एक महिनाको तलब थप पाउँछन् नि..! मासिक तलब त त्यो होइन नि’, जनकले हँस्यौली गर्दै भन्नुभयो–, ‘हाम्रो पनि दशैं अफर हुन्छ, त्यो आम्दानी दशैं आम्दानीको हिसाबमा राख्छौं, त्यसैले दशैं मनाउँछौं । यद्यपी आफ्नो दशै.अफर भने थप मिहिनेतलेमात्र प्राप्त हुने जनकको टिप्पणी थियो ।

पाँच वर्षयता वर्षेनी सरदर सात लाखको खुकुरीको कारोबार हुने गरेको जनकको भनाइ छ । यस उद्योगका खुकुरी पछिल्ला तीन वर्षयता सिन्धुली, सर्लाही, सिरहा, धनुषा र उदयपुर जिल्लाका बजारमा पुग्ने गरेका छन् । घरमा ठूलो छोरा र पत्नीको राम्रो सहयोगले आफ्ना तीन छोराछोरीलाई आवासीय अङ्गे्रजी बोर्डिङ्ग स्कूलमा पढाउनुसँगै अरु घरगुजारा चलाएर वर्दिबासमै सात कठ्ठा जग्गा जोड्न सकिएको जनकको भनाइ छ ।
जनक आफैँ र उहाँका परिवारका सदस्यहरु मिहिनेती, मितभाषी र छरछिमेकको आपतविपतमा सहयोगी रहेका छरछिमेककाले बताएका छन् । विश्वकर्मा परिवारले आफ्नै पुख्र्यौली पेशाले राम्रो आम्दानी गरेर देखाएपछि विदेश जान ऋण खोज्दै हिँडेका कयौं युवा आफ्नै वरपर बस्तीमा काम व्यावसाय सञ्चालन गर्ने टुङ्गोमा पुगेको उहाँकै छिमेकी वर्दिबासकी सामाजिक कार्यकर्ता शशिकला दाहालले बताउनुभयो ।

विश्वकर्मा परिवारमा अहिले जनक आफू खुकुरी र नयाँ कृषि औजार बनाउने र जेठो छोरा र पत्नी पुराना कृषि औजार अर्दाप्ने काममा व्यस्त देखिने गरेका छन् । विश्वकर्माको उद्योगमा निर्मित खुकुरी र कृषिऔजार राम्रो फलामबाट बनेको हुँदा चाँडै खिया नलाग्ने, धार नजाने र छरिता हुने गरेका उहाँको उत्पादनका पारखीहरुको बुझाइ छ । जनकको उद्योगबाट किनिएका खुकुरी र कृषिऔजार किन्दा कहिल्यै ठगिएको अनुभव गर्नु नपरेको जिल्लाकै खयरमारा–५ का भरतप्रसाद श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: