Sunday, February 18, 2018
Home > top news > “मोराले जङ्गलमा मङ्गल गर्दा पनि फुकना लाउँदैनन् त”

“मोराले जङ्गलमा मङ्गल गर्दा पनि फुकना लाउँदैनन् त”

महोत्तरी, माघ २१ ।

निर्जन वनक्षेत्रमा जोडी युवायुवतीको सघन आवागमनले त्यहाँ सञ्चालित व्यापार व्यवसायले फस्टाउने मौका पाएको छ । दिनहूँ २५÷३० जोडीमा आउने युवायुवतीहरु नै आफ्ना मुख्य ग्राहक रहेका वनपथमा केही किराना समान र खाजाको पसल सञ्चालन गर्दैआएकी तिलमाया नाम बताउने महिलाले जानकारी दिइन । आफूले दिनहुँ तीन÷चारसयको त कण्डम मात्रै बेचेर कमाउने गरको तिलमायाको भनाइ छ ।
बन्द, हड्ताल र सीमानाका धर्नाले यस क्षेत्रमा सरोकार छैन । फुर्सदिला र रुपियाँपैसा भएपछि जिन्दगी अप्ठ्यारो वा सकसमा नभएको ठाउँ हो यो । महोत्तरी जिल्लामा पर्ने राजमार्ग क्षेत्रमा चर्न जानेहरुका लागि रुमानी र रमाइलो जिन्दगीले कम्तीमा उनको परिचय खोज्दैन नत विवाहित हुनुको प्रमाणपत्र वा अविवाहित भएको आधार । विवाहित पुरुष हुनुको सुख उनीहरुलें यहाँ सजिलै पाउँछन् । खर्च पनि थोरै र सुरक्षित तथा सजिलरी । महोत्तरीबाट जीआर कौशिकको यो रिपोर्ट
पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वनक्षेत्र यौन क्रियाकलापको उर्वर थलो बनेको छ । जिल्लामा पर्ने राजमार्गस्थित वर्दिबासदेखि बाँके पुलसम्मको २० किलोमीटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलापको सुरक्षित थलो बनेको आसपासका बासिन्दाले बताएका छन् ।

जिल्लामा पर्ने वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्नखालका पसल सञ्चालनमा आएर बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आवागमन ह्वात्तै sex_in_mahottari_nepal_virtual_imageबढेको नजिकको गाउँबस्तीका बासिन्दाको भनाइ छ । केही वर्ष पहिलेसम्म निर्जन देखिने वनक्षेत्रका १०÷१२ ठाउँमा पसल खोलिएसँगै व्यापारिक कारोवार क्रमशः बढेपछि जिल्लाको राजमार्ग छेउछाउको वनक्षेत्रमा जोडी युवायुवतीको आवागमन ह्वात्तै बढेको हो । वनक्षेत्रका माईस्थान, वनपथ, लक्ष्मीनिंया, गडन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एकदर्जनभन्दा बढी ठाउँमा अचेल दिनहुँ २५ भन्दा बढी जोडी युवायुवतीहरु यौन क्रियाकलापकै लागि झर्ने गरेका ती ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् । आफ्नो पसलमा खाजा खाने, अन्य समान लिने र मोटरसाइकलमा आएका जोडीको सो साधन रेखदेख गरी दिएवापत राम्रै रकम पाइने गरिएको बाँकेचोकमा चिया खाजा पसल सञ्चालन गर्दै आएका नाम बताउन नचाहने एक सानो पसल सञ्चालन गर्दै आएका ब्यवसायीको भनाइ छ ।

निर्जन वनक्षेत्रमा जोडी युवायुवतीको सघन आवागमनले त्यहाँ सञ्चालित व्यापार व्यवसायले फस्टाउने मौका पाएको छ । दिनहूँ २५÷३० जोडीमा आउने युवायुवतीहरु नै आफ्ना मुख्य ग्राहक रहेका वनपथमा केही किराना समान र खाजाको पसल सञ्चालन गर्दैआएकी तिलमाया नाम बताउने महिलाले जानकारी दिइन । आफूले दिनहुँ तीन÷चारसयको त कण्डम मात्रै बेचेर कमाउने गरको तिलमायाको भनाइ छ ।

मधेसवादी दलको आन्दोलनले पनि कहिल्यै अवरोध नभएको राजमार्गको यो क्षेत्र सुरक्षाका दृष्टिले पनि उपयुक्त भएपछि युवायुवती र यौन व्यवासायीहरुको रोजाइमा परेको हुनसक्ने यातायात व्यवसायीहरु बताउँछन् ।

वदिबासबाट पश्चिम जाँदा र पश्चिमबाट वर्दिबासतिर आउँदा लालबन्दीबाट वनक्षेत्रमा ओर्लने युवायुवतीका २५ औं जोडी आफ्नो बसबाट यात्रा गर्ने गरेका जनकपुर वीरगञ्ज रुटको बसको कण्डक्टरले पनि यसको पुष्टि गर्दछ । खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने बसका कण्डक्टरहरुको अनुमान छ । मधेश आन्दोलन जारी भएयता पछिल्ला छमहिनामा जनकपुर जान आउन अप्ठ्यारो भएको र जनकपुरमा दिनहुँ हुनेगरेका प्रदर्शनले असुरक्षित महसुश गरेर त्यहाँ देहव्यापारमा संलग्न हुँदैआएकाहरुले पनि अब आफ्नो धन्दाका लागि वर्दिबास र लालबन्दीलाई आफ्नो गन्तव्य बनाउने गरेका छन् । उनीहरुले वर्दिबास र लालबन्दीमै ग्राहक सम्पर्क गरेर पेशा चलाउने ठाउँ भने वनक्षेत्रलाई बनाएको यो पेशा अपनाएकाहरुसँगको कुराकानीबाट खुलेको छ ।

लामो समयको प्रयत्नले पहिचान गरिएपछि वर्दिबासमा सम्पर्क हुन सकेकी एक २५ वर्षीया यौन ब्यावसायी महिलाले भने सामाजिक लोकलाजको मर्यादा पालन गर्न, अनावश्यक मान्छेको सम्पर्कबाट टाढा हुन र बजारक्षेत्रमा सित्तैमा जीऊ सुम्पनुपर्ने सुरक्षाकर्मीको हरकतबाट बच्न वनक्षेत्रलाई कर्मथलो बनाएको प्रतिक्रिया दिएकी छिन् । प्रेम, लहड र सौकमा डुबेर यौन क्रियाकलापका लागि वनक्षेत्र पुग्ने गरेका भर्खर युवावस्था टेकेका युवायुवतीसँगै जीवनको आधार नै यौन वयावसाय बनाएका युवती र उनीहरुका ग्राहकको आवागमनले वनक्षेत्रका चोकहरुको चहलपहल बढ्दो देखिन्छ ।

जिल्लाका वर्दिबास, गौशाला र छिमेकी जिल्ला सर्लाहीका लालबन्दी, नवलपुरलगायतका बजारक्षेत्रमा रकम तय गरी यौनधन्दा चलाउन वनक्षेत्र पस्ने युवती र त्यस्तासँग यौन प्यास मेटाउने युवाहरु दैनिक ३०÷३५ जोडीको हाराहारीमा देखिने गरेका वनक्षेत्रसँगै जोडिएको बेलगाछी बस्तीका अणबहादुर रानाको भनाइ छ । प्रेमी जोडीजस्ता देखिने युवायुवती र व्यावसायीहरुले गर्ने खुला यौन क्रियाकलापले वनमा घाँसदाउरा गर्नेहरु र गोठालाहरुलाई असजिलो हुने गरेको वनक्षेत्रनजिकका ग्रामीणको गुनासो छ । वनक्षेत्रमा बढ्दै गएको यौनक्रियाकलाप आपसी सहमतिमै हुने गरेको देखिए पनि यसले वनक्षेत्र नजिकका बस्तीबाट कामका लागि आउनेजानेहरुलाई अप्ठ्यारो लाग्नुका साथै आफ्नै गाउँघरका युवायुवतीमा विकृति बढ्ने डर बढ्दै गएको वनक्षेत्रसँगै जोडिएको खयरमारा बस्तीका पाका व्यक्ति ६५ वर्षीय चन्द्रलाल लोप्चनले बताउनुभयो ।

सौख, लहड र प्रेममा परेर शारीरिक सम्बन्ध बनाउने जोडीले भने वनक्षेत्र अभिभावकको नजरबाट टाढा हुने, हराभरा रमाइलो देखिने, चोकबजारको जस्तो चियोचर्चो नहुने, भ्रमणको झझल्को दिने र जङ्गलका झाडीमा मान्छेको आवागमन कम हुनाले यस क्षेत्रलाई छानेको हुनसक्ने वर्दिबासका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले लख काटेका छन् । पछिल्लो एक दशकयता यौन, प्रेम र विपरीतलिङ्गीप्रतिको आकर्षण र सम्बन्धको कुरामा समाज उदार हुँदै गएपछि हाकाहाकी यस्तो सम्बन्ध बनाउनेको सङ्ख्या ह्वात्तै बढे पनि सजगतामा भने कमी पाइएको सङ्घसंस्थाले जनाएका छन् । वनक्षेत्रमा हुने यौन क्रियाकलापका सहभागी जोडीमध्ये धेरैजसो जोडी भने कण्डमको प्रयोगमा बेखबर देखिएकाले यौनजन्य रोगको सङ्क्रमण बढ्नसक्ने खतरा रहेको नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजनाको कार्यालय वर्दिबासले जनाएको छ । यस्ता जोडी सम्पर्कमै आउन नचाहने परियोजनाका प्रबन्धक धीरज पौडेल बताउँछन् । तर यौन व्यावसायमा लागेकाहरुलाई भने कण्डमको प्रयोगका लागि अभिप्रेरित गरिएपछि उनीहरुको बानीमा सुधार देखिएको छ । सुरक्षित उपायबिना नै शारीरिक सम्बन्ध गाँस्नेहरु एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको परियोजनाका प्रबन्धक पौडेलको भनाइ छ ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाज मान्ने गरेको पाइएको छ । यौन व्यवसाय नै अँगालेका यौनकर्मी महिलाहरु स्वास्थ्य सचेतनामा सजग पाइएको भए पनि ग्राहकले कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । ‘हामीलाई कण्डम प्रयोगको महत्व थाहा छ’ एक महिना लामो चिनजानपछि आफ्नो विवशता पोख्दै यौन व्यावसायी महिला माही अर्याल (नाम परिवर्तन) ले भनिन्–, ‘तर, कतिपय हाम्रा ग्राहक धेरै अबुझ छन्, उनीहरु साधन प्रयोगप्रति अनिच्छुक हुन्छन् ।’ यसले आपूmहरु असुरक्षित हुने डर भए पनि ग्राहकको करकापले बाध्य हुनुपरेको यौन व्यावसायी महिलाको भनाइ छ । उनीहरु थप्छन्, ‘मोराहरुले त जङलमा मङ्गल गर्न पनि फुकना लगाउँदैनन् ।’

वनक्षेत्रमा सानोतिनो किराना एवं खाजा, चियापसल सञ्चालन गरेका साना व्यापारीहरुले भने आम युवायुवतीको गन्तव्यलाई व्यवस्थित र थप आकर्षणयुक्त बनाउन सके वनक्षेत्रको सुरक्षा र आफ्नो कमाइधमाई बढ्ने आस गरेका छन् । जिल्लाका हराभरा वनक्षेत्रमा घुमघामको उद्देश्यले हुने आवागमन राम्रो भएर यसले आन्तरिक पर्यटकको वृद्घिमा सहयोग पु¥याए पनि सो क्षेत्रमा फस्टाउँदो यौन क्रियाकलापलाई भने सामाजिक मर्यादा नाघ्न नदिन नियन्त्रित र व्यवस्थित गरिनुपर्ने बुद्घिजीविहरुको मत रहेको छ । यता जिल्लास्थित प्रहरीप्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: