Monday, May 21, 2018
Home > विचार/अन्तर्वार्ता > यस कारणले डा.भट्टराई राजनेता हुन् : डा.प्रवीण मिश्र

यस कारणले डा.भट्टराई राजनेता हुन् : डा.प्रवीण मिश्र

पूर्वप्रशासक डा.प्रवीण मिश्र नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदका प्रभावशाली सदस्य हुनुहुन्छ । प्रशासकको रुपमा उहाँले आफ्नो भूमिका, गरिमा र साखलाई अनुकरणीय बनाउनुभयो । तर एउटा सक्रिय राजनीतिकर्मीका रुपमा उहाँको उपस्थिति कस्तो रहला ? यस्तै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर सञ्चारले उहाँसँग कुरा गरेको छ ।प्रस्तुत छ, कुराकानीको सारसंक्षेप ।

समयसँगै तपाईंको भूमिका परिवर्तित भएको छ । पूर्वप्रशासकबाट सक्रिय राजनीतिकर्मीको भूमिकामा पुग्नुभयो ? यी दुवै भूमिकालाई कसरी हेर्नुहुन्छ ?

एउटा प्रशासकको भूमिका निश्चित कानून र नियमबाट निर्देशित, नियन्त्रित र परिचालित हुन्छ । त्यसका परीधिभित्र रहेर काम गर्नुपर्ने

राजनीतिकर्मीहरुमा दूरगामी, फराकिलो र परिणामुखी सोच भएन । सही, सटिक र उपलब्धिमा आधारित एप्रोच भएन । देश सुहाउँदो सबल र सुदृढीकृत राजनीतिक दर्शनबाट प्रेरित कार्यक्रमहरु आउन सकेनन् जसले गर्दा गत २५ वर्ष अवधिमा देश र जनतालाई एउटा पीडादायक दौरबाट गुज्रिनुपर्यो ।
हुन्छ । संसदबाट पारित र संशोधत भएर आएका ऐनकानूनहरुमै बाँधिएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ । यसरी सीमित र निर्देशित दायरामा काम गर्दा एउटा प्रशासकले बृहत्तस्तरमा परिवर्तन ल्याउन सक्दैनन् । प्रशासकलाई मूलतः राजनीतिक नेतृत्वले दिएको दर्शनलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । मैले पाँच वर्षभन्दा बढी अवधि सचिवका रुपमा काम गर्दा धेरैथोकमा परिवर्तन हुन जरुरी भएको अनुभव गरेँ । आधारभूतरुपमा त हामीले हाम्रा निर्धारित प्राथमिकताहरुलाई नै पुनरावलोकन गर्दै परिवर्तन गर्नुपर्ने स्थिति भएको पाएँ । त्यसको आधार जनताका अपेक्षा, आकांक्षा र आवश्यक्ता हुनुपर्ने मेरो ठहर थियो । जनतालाई सेवाप्रवाह गर्ने विधि, स्थिति र जटिलतालाई सरल, तीब्र र व्यवस्थित बनाउनेजस्ता विषयहरु थिए । यसका लागि म आफू गम्भीर भए पनि परम्परागत अभ्यास, संरचना र सोचले गर्दा मैले आफैँ पनि अपेक्षित परिणाम हासिल गर्न सकिनँ । मलाई लाग्यो, यी सबै कुरालाई परिवर्तन गर्न राजनीतिक इच्छाशक्ति अपरिहार्य छ । ग्रासरुटमा गएर जनताका कुराहरुलाई बुझेर मात्र ती कुराहरुलाई परिमार्जित र परिवर्तितरुपमा अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्ष मेरो थियो ।
देशको स्थिति हेरौं । प्रजातन्त्र आएको २०४६/०४७ सालयता २५ वर्ष बितिसक्यो । तर अपेक्षाअनुसारको प्रगति हुन सकेन । यसको मुख्य कारण चैँ राजनीतिक अवस्था ठिक नहुनु हो । राजनीतिकर्मीहरुमा दूरगामी, फराकिलो र परिणामुखी सोच भएन । सही, सटिक र उपलब्धिमा आधारित एप्रोच भएन । देश सुहाउँदो सबल र सुदृढीकृत राजनीतिक दर्शनबाट प्रेरित कार्यक्रमहरु आउन सकेनन् जसले गर्दा गत २५ वर्ष अवधिमा देश र जनतालाई एउटा पीडादायक दौरबाट गुज्रिनुपर्यो । राजनीतिक व्यवस्थाका विभिन्न प्रक्रिया र चरणहरुलाई पार अहिले हामी गणतन्त्रसम्म आइपुगेका छौं । तर पनि जनताका आकांक्षाअनुरुप काम गर्न सकेनौं । जनतालाई प्रवाह गर्ने सेवाको स्तर र आयामलाई बृद्धि गर्न सकेनौं । सेवामा उनीहरुको सहज र निर्विघ्न पहुँचलाई स्थापित गर्न सकेनौं । क्षमताबृद्धिको देष्टिले हेर्दा एउटा प्रशासकका रुपमा मैले जुन कमीकमजोरीहरु अनुभव गरेको थिएँ ती सबै कमजोरीहरुलाई केलाएर हेर्दा तिनको समाधान राजनीतिक माध्यमबाट गर्न सकिन्छ भन्ने भावना मभित्र आयो । एउटा प्रशासकका रुपमा गर्न नसकिएका कामहरुलाई राजनीतिक माध्यमले गर्न सकिने विश्लेषण र विश्वासले म राजनीतिमा संलग्न हुने निर्णयमा पुगेँ ।

डा.प्रवीण मिश्र
डा.प्रवीण मिश्र

अर्को कुरा लोकतन्त्रमा संसदको महत्व र गरिमा अतुल्य हुन्छ । सम्पूर्ण शासनपद्धतिलाई व्यवस्थित गर्नेदेखि लिएर राज्यव्यवस्थालाई कायम गर्न आवश्यक पर्ने सम्पूर्ण कानून बनाउने र परिमार्जन गर्ने थलो हो यो । जनताका आवाजलाई प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले राज्यका सबै संयन्त्रलाई जनताप्रति उत्तरदायी, जिम्मेवार र इमानदार बनाउने सर्वोच्च लोकतान्त्रिक संस्था संसदको एउटा कहालीलाग्दो दृश्यले पनि मेरो ध्यानाकृष्ट गरेको थियो । कहिले टेलिभिजनमा हेर्दा वा कहिले प्रत्यक्ष अवलोकन गर्दा मैले के पाएँ भने अत्यन्त महत्वका नीतिनियमहरुमा छलफल भइरहेको बेला पनि संसद भवनको अधिकांश सीट खाली हुन्थे । जननिर्वाचित संसद सदस्यहरु संसदमै नबस्ने दूर्भाग्यपूर्ण स्थिति । अब तपाईं नै भन्नुस यस्तोमा जनतासँग सीधा सरोकार राख्ने महत्वपूर्ण विषयहरुमा कसरी छलफल सम्भव हुन्छ । संसदप्रति संसद सदस्यहरुका निरपेक्षता, निस्क्रियता र दुरावले गर्दा पनि मेरो मनमा आयो कि दायित्वबोध नगर्नेहरुले राजनीति गरेमा यस्तै दुष्परिणाम निस्किन्छ । मेरो एउटा प्रबल चाहना थियो कि संसदमा पनि आफ्नो एउटा दरो स्थिति बनाउने र देश र जनतालाई चाहिने कुराहरुलाई त्यसको माध्यमबाट पुरा गराउने । म यी दुईओटा कुराले प्रेरित भएर् राजनीतिमा आएँ ।
तपाईंका यी दुवै चाहनाहरु नयाँ शक्तिमा संलग्न भएर प्राप्त गर्न सकिन्छ ?
हेर्नुस, रातारात केही पनि गर्न सकिँदैन नत हुन्छ नै । हजारौं माइलको यात्रा पनि एक कदमबाट नै सुरु हुन्छ । अहिलेको परिस्थितिलाई विश्लेषण गर्दा राजनीतिकर्मीहरु योग्य, सक्षम र जनहितकारी बन्न सकेनन् । अब हामीले इमानदारीका साथ सक्षम र सफल बन्ने प्रयत्न गर्ने हो । यदि हामी पनि बेइमान र अल्छी भयौं भने हामीलाई पनि विफलता र हेला नै प्राप्त हुन्छ । हामीमा रत्तिभर परम्परागत राजनीतिक शैली र व्यवहारको छायाँ रहिरह्यो भने हाम्रो नियति पनि अन्य दल र तिनका नेताहरुजस्तै हुनेछ । नयाँशक्तिमा धेरैजसो नयाँ अनुहार छन् । नयाँ दृष्टि, नीति, कार्यक्रम र कार्यदिशा छन् । सबैभन्दा महत्वपूर्ण कुरा के छ अहिले देशलाई एकीकृत गरेर लाने चुनौतिलाई नयाँ शक्तिले ग्रहण गरेको छ । जुन कुरा तपाईं काँग्रेस, एमाले र एमाओवादीलगायतका पार्टीमा हेर्नुहुन्न । मधेश आन्दोलनकै कुरा गरौं । यी तीनओटै पार्टीमा मधेश आन्दोलनप्रति हेर्ने दृष्टिकोण नितान्त क्षेत्रीयतावादी थियो । ती दलका धारणा र व्यवहार सङ्कीण र अनुदार तर अस्वीकार्य क्षेत्रीय सोचले प्रेरित थियो । यसैबीचमा डा. बाबुराम भट्टराईले समतामूलक समानुपातिक र समृद्ध राष्ट्र निर्माणको एउटा राजनीतिक दर्शनलाई अघि सार्नुभयो । जसमा समानुपातिक सहभागिता र समतामूलक सामाजिक समावेशीकरणको कुरा छन् । यसले मलाई सोच्न बाध्य बनायो कि आगामी दिनमा देश र समाजको हितमा नयाँ शक्तिले युगान्तकारी काम गर्नेछ । त्यसैले म यस शक्तिमा आबद्ध भएको हुँ ।

नयाँ अनुहारका नाउँमा जसरी तपाईंहरुको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद्मा पूर्वप्रशासक र एनजीओकर्मीहरुलाई स्थान दिइएको छ , यसले लाग्दैन यो शक्ति आफैँमा राजनीतिक रुपले पूर्ण होइन भनेर ?
कुनै पनि कामको आरम्भमा शङ्का गर्ने सुविधा सबैसँग हुन्छ । जससम्म ठोस उपलब्धि प्राप्त हुने रुपरेखा प्रष्टिदैँन । त्यसैले अन्तरिम केन्द्रीय परिषद्को बिस्तार हुँदा पूर्वप्रशासक वा एनजीओकर्मीहरुको बहुलता भयो भनेर झिनो आलोचना नभएको होइन । नयाँ अनुहार ल्याइँदा किन ल्याइयो र पुरानौ अनुहारलाई प्रस्तुत गर्दा नयाँहरु आएनन् त भनेर आलोचना हुनु स्वाभाविक पनि हो । तर मलाई लाग्छ नयाँ र पुरानोभन्दा कुनै पनि निश्चित कामका लागि चयनित गरिएका व्यक्तिहरु त्यस कामका लागि सक्षम र इमानदार छन् कि छैनन् । अर्को कुरा सहभागितामूलक समावेशीको आधारभूत सिद्धान्तअनुसार भयो कि भएन । हेर्नुपर्ने यो हो । त्यसैले सुरुवातका दिनमा केहीका लागि अलिकता अनौठो र अचम्मलाग्दो भए पनि समग्रतामा हेर्ने हो भने आगामी दिनका लागि यो शक्ति फरक फरक क्षेत्रका व्यक्तिको संगम हुनेछ । देश र जनताका लागि काम गर्ने फ्यूजन । जुन कुरालाई आउने समयले प्रमाणित गर्नेछ । हिजोआज म देश र विदेशका विभिन्न व्यक्तिहरुबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया पाइरहेको छु । धेरैले नयाँ शक्तिमा मेरो संलग्नतालाई सकारात्मक र सार्थक कदमको रुपमा प्रोत्साहित गरेका छन् । अहिलेसम्म मैले हाराहारी हजारको सँख्यामा शुभकामना पाएको छु । जसमा ८–९ जनाले मात्रै डा.साहब अलिक सतर्क रहनु होला भन्ने थप सन्देश दिएका छन् । त्यो स्वाभाविक पनि हो । आफूबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाएकाहरुले प्रत्येक कोणले कुरा राख्न पनि पाउनुपर्छ । यसबाट म त उत्साहित छु । विश्लेषकहरु तथा शुभचिन्तकहरुले यी सम्पूर्ण विषय र प्रक्रियालाई सकारात्मक र नकारात्मक ढङ्गले हेर्ने त उहाँहरुको काम नै हो ।

तीन दशकभन्दा बढी समय राजनीति गर्नुभएका डा.भट्टराईलाई उहाँकै पूर्वपार्टीका सहकर्मीहरुले पत्याएनन् । उहाँका प्रभावमा रहेका धेरै व्यक्तिहरु एमाओवादी परित्याग गरेर आउने अपेक्षा पनि पुरा भएको देखिएन । ती व्यक्तिहरु नयाँ शक्तिमा आएनन् कि तपाईंहरुले ल्याउनै चाहनुभएन ?
हेर्नुस, कुनै पनि काम सुरु गर्दा जुनसुकै क्षेत्रमा आशङ्का र दुविधा हुन्छ । त्यसैले कोही पनि आएनन् भन्नु त्यति उपयुक्त छैन् । जब कार्य अघि बढ्छ, बिस्तारै उहाँहरु आउनुहुन्छ किनकी समयसँगै हरेकखाले अलमलहरु पनि सकिँदै जाने हो । दुविधाको अन्त्यसँगै जब आत्मविश्वास मजबूत चरणमा पुग्छ अनि मात्र हामीहरुले केही देखिने गरी कामकुराहरुलाई अघि बढाउँनेछौं । त्यसपछि मात्र सही विश्लेषण गर्न सकिन्छ । अहिलेको प्रक्रियामा त डा.भट्टराईले पनि नयाँ अनुहार लिएरै अघि बढ्न खोज्नुभएको छ । उही पुरानो मान्छेलाई लिएर अगाडि बढ्दा यो देश बन्दैन । उहाँसँग यस्ता व्यक्तिहरु हुनुपर्छ जोहरु सही अर्थमा प्रतिबद्ध, समर्पित र इमानदार होस् । राष्ट्र र जनतालाई केन्द्रमा राखेर सोच्नसक्ने प्रबृत्ति र क्षमता भएकाहरु होस् । म कर्मचारीतन्त्रबाट आएको मान्छे । बडो प्रष्ट छु । डा.साबसँग जब मेरो व्यक्गितग कुराकानी भयो , उहाँलाई भने कि नेपाललाई एकीकृत नेपाल बनाउनुपर्यो । विकसित नेपाल बनाउनुपर्यो । जनता समृद्ध हुनुपर्योे । जबसम्म गरीबि निवारण हुँदैन र शान्तिपूर्ण विकास हुँदैन तबसम्म यहाँका जनता मलेसिया र कतार जानबाट रोकिदैँनन् । हामीले प्रजातन्त्र र लोकतन्त्रको नारा मात्र दियौं । देशलाई बनाउनेतिर सोचेनौं । २०४६÷०४७ सालमा प्रजातन्त्र पुनसर््थापना भएपछि हामीले के हेर्यो भने शिशु प्रजातन्त्रको नाउँमा भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई प्रश्रय दिइयो । जनतालाई वेवास्ता गर्ने काम गरियो । त्यस्तो हुनुहुँदैन्थ्यो । अहिले नयाँ शक्तिका बारेमा कुरा गरिदैँछ । अध्याँरोलाई चिरेर उज्याले छर्ने आशा र अपेक्षाका साथ हरेकका ओठमा नयाँ शक्ति झुण्डिएको छ । त्यो भनेको विकास, सुशासन र समृद्धिको प्रयासलाई जनताको आशाको प्रकटीकरण हो । म नेपाल टेलिभिजनमा हेर्दै थिएँ, नयाँ शक्तिका बारेमा १५ जनाको जनमत लिइएको थियो । तीमध्ये १४ जनाले बाबुरामजीले गरेरै देखाउने कुरालाई बडो विश्वासका साथ भन्नुभएको थियो । उहाँसंग राम्रो टीम छ र उहाँले सक्नुभएन भने यो देशको भलो कसैबाट हुँदैन भनेर अधिकांश मात्र होइन बहुसँख्यकले भन्नु भनेको गर्नेपर्ने चुनौति हो । यस्ता कुराहरुले मेरो आत्मविश्वास बढेको छ । पुराना मान्छेहरु परीक्षित भइसकेका छन् । त्यसैले नयाँ अनुहारहरुले जोशजाँगर र सक्रियतापूर्वक अब देशलाई बनाउने हो ।
तपाईं पहिलोचरणमै नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा पर्नुभयो । तपाईंसँग यस्तो के छ जसले गर्दा डा. भट्टराईले तपाईंलाई यतिविध्न पत्याउनु भो ?
उहाँ मभन्दा पनि मेरो सोचसँग सहमत हनुभयो । समीप महसूश गर्नुभयो । म त प्रशासक थिए । प्रधानमन्त्री भएको बेला मैले उहाँसँग काम गरे । म सीधा कुरा गर्न रुचाउँछु जसलाई कतिपयले राम्रो रुपमा लिँदैनन् । असल मान्छेले चैँ राम्रो रुपमा लिन्छन् । मैले डा.भट्टराईसँग २÷३ पटक अन्तक्र्रिया गर्दा सीधा ढङ्गले भने कि यी कुराहरु कानूनले मिल्दैनन् । यो देश र जनताका लागि ठिक हुँदैन । त्यसपछि उहाँले मलाई भन्नुभयो कि डासाब तपाइजस्तै सबै सचिवजीले मलाई यस्तै भन्दिएको भए मलाई सजिलो हुन्थ्यो । तपाई देश र जनताका लागि कुनै काम राम्रो छैन भने नगर्नुस् भन्नुभयो । उहाँले यसो भनिरहँदा मैले उहाँमा एउटा ठूलो राजनेता भेटाएजस्तो भयो । उहाँभित्र राजनेताका गुणहरु पाएँ । मैले अरु पनि प्रधानमन्त्रीसँग भेटेको छु । उहाँहरुको गुनासो हुन्थ्यो कि तपाईंले मलाई सहयोग गर्नुभएन । मैले भनेको काम गर्दिनु भएन । तर डा. भट्टराईले सीधा भन्नुभयो कि देश र जनताका लागि तपाईसँगै छु म । यदि कुनै काम नीति तथा नियमले मिल्दैन र देश तथा जनताका लागि उपयुक्त छैन भने त्यो नगर्नुस् उहाँको भनाइ थियो । यस्तो दह््रो कुरा त राजनेताले मात्रै भन्नसक्छन् । हो, यो गुण मैले बाबुरामजीमा पाएँ । जुन कुरा गर्नु हुँदैन भनेर मैले तर्क र कारणसहित अडान लिएँ , त्यसमा उहाँले सधैँ मेरो पक्षपोषण गर्नुभयो । म सचिव भएकै बेलाको कुरा हो । मेरो अनुभूति हो । यी सबै कारणले गर्दा आज मलाई लाग्छ कि डा. भट्टराइजस्तो नेता पाउन मुश्किल छ । तर स्वाभाविकपमा उहाँमा पनि केही कमी कमजोरीहरु होलान् । तर कमीकमजोरी त काम गर्ने मान्छेमा न हुन्छ । मैले सचिवका रुपमा ५ वर्ष काम गरेँ । थुप्रा राम्रा कामहरु गरेको छु । अञ्जानमा एकाधओटा गल्तीहरु भएका होलान् । यसको अर्थ पाँच प्रतिशत नराम्रा कामले मेरो नब्बे प्रतिशत राम्रा काम खराब भएको भन्न त मिल्दैन नि ।
नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदको पहिलो चरणको बिस्तारमा नपरेर असन्तुष्टहरुलाई कसरी समेट्नुहुन्छ ?
मलाई के लाग्छ भने नयाँ शक्तिले एउटा राजनीतिक दलको स्वरुप र औपचारिकता ग्रहण गरिसकेको छैन । यसै कार्यका लागि अन्तरिम केन्द्रीय परिषद् गठन गरिएको हो । यो त अन्तरिम व्यवस्था मात्र हो । अहिलेको संरचनाभन्दा पनि पार्टीको अन्तिम स्वरुप निर्धारण गर्दा समग्ररुपमा यो अवधारणा लागु हुन्छ । र, यदि अहिलेका प्रक्रियागत कुरामा कमीकमजोरी भएका छन् भने त्यसलाई सच्चयाउँने ठाउँ त छँदैछ नि । अन्तरिम केन्द्रीय परिषद् अझ पनि बिस्तार हुन बाँकी छ । यसले अन्तिम स्वरुप पाउनुअघि नै सम्पूर्ण असन्तुष्टि र गुनासाहरु सकिनेछन् । हेर्नुस, राजनीतिकर्मी र हामीहरुका बीचमा एउटा फरक छ । उहाँहरुले अपेक्षा गरेको काम तत्काल भएन भने तुरुन्त आलोचना सुरु गर्दिनुहुन्छ तर हामी पर्खन्छौं र हेर्छौ । अझ विश्लेषण गरेर सोचविचार गरिकन मात्र त्यस विषयमा प्रतिक्रिया व्यकत् गर्छौं । राजनीतिमा धैर्य जरुरी छ । तर तपाईंले भनेजस्तो विषयमा कहीँकतैबाट आपत्ति व्यक्त भएको छ भने हामीले यसलाई सिर्जनात्मकरुपमा लिनुपर्छ । यसले भविष्यमा पार्टीलाई निर्देशित पनि गर्छजस्तो लाग्छ । आलोचना सधैँ गलत नै हुँदैन । कसैले आलोचना गर्छ भन्ने त्यसका पछाडि दुईओटा कुरा हुन्छन् । कसैले गल्ती गरेका छन् भने उनको आलोचना हुन्छ वा मेरो प्रोफेसरले भन्याजस्तै कि तिमी जब लोकप्रियता हासिल गर्न थाल्छौं तब तिम्रो आलोचना हुन थाल्छ र त्यसबेला तिमी के बुझ भने तिमी अब लोकप्रिय बन्न थालेका छौं । र, त्यो राम्रो हो । भनेपछि मेरो भावनासँग सबै सहमत हुँदैनन् तर एउटा सकारात्मक आलोचनाको अपेक्षा म जहिले पनि गर्छु र त्यो हुनु पनि पर्छ । लोकतन्त्रको यो सुन्दर पक्ष हो ।
डा साहेब सक्रिय राजनीति थाल्नु भएको छ । तर भनिन्छ, राजनीति गर्नेहरुमा छुट्टैखालका सीप र इलम हुनुपर्छ । तपाईं त पूर्वप्रशासक । राजनीतिक दाउपेचलाई कसरी झेल्नुहुन्छ ?
म जालझेल र गलत काम गर्न सक्दिनँ । यो झूठो बोल्ने काम म गर्नै सक्दिनँ । म यस्तो किसिमको राजनीति गर्न सक्दिनँ । यस विषयमा मैले धेरैलाई भनेको पनि छु । हिजोआज समाजमा विकृति फैलिने मुख्यकारण पनि यही नै हो । पहिले र अहिलेको राजनीतिमा परिवर्तन हुनुपर्छ । यदि यस्तै गर्ने हो भने राजनीति नगरे हुन्छ भन्ने मेरो मान्यता हो । मेरो मौलिक स्वाभाव छ सीधा र सही कुरा अनि उचित काम गर्ने । म त्यसरी नै गरिरहन्छु । हेर्नुस जति ढाँटढुट गरे पनि अन्तिममा सत्य कुरा नै अगाडि आउँछ । मैले वा अरुले जति झूठ बोले पनि अन्त्यमा गएर साँचो कुरा आउँछ भन्ने सुरुमै त्यो साँचो कुरा किन नगर्ने । साँचो कुरा गरेर नै हामी अगाडि किन नबढ्ने । जब मेरो केही व्यक्तिगत चासो हुन्छ पार्टीबाट अथवा सत्ताबाट अनि मैले गलत गर्नुपर्ने स्थिति आउँछ । तर जब मेरो व्यक्तिगत चासो केही छैन भने मलाई यो झूठो बोल्नुपर्ने र जालझेल गर्न जरुरी नै छैन । यस्तो गर्नु मेरो स्वाभावविपरित पनि हो ।
 राजनीतिमा त हैसियतको कुरा पनि हुन्छ नि । हैसियत बनाउने महत्वाकांक्षा त सबैको हुन्छ भन्ने कुरालाई अस्वीकार गर्न मिल्छ ?
हो । कोही व्यक्ति आफूले पाएको जिम्मेवारीलाई कतिको कुशलतापूर्वक निर्वाह गर्छन् र जनताका लागि भरपत्यारिला बन्छन् भन्ने कुराले उनको हैसियत बन्ने हो । चर्को बोलेर, सत्तोराप गरेर वा छलछाम गरेर राजनीतिमा हैसियत स्थापित नहुने होइन तर त्यो क्षणभङ्गुर हुन्छ । यस्तो हैसियत स्थायी र दीर्घकालिन हुँदैन । कसैको राजनीतिक क्रियाकलापलाई मूल्याङ्कन गर्ने भनेको अन्तोत्गत्वा जनताले नै हुन् । हो, माथ्लो तहमा पार्टीले पनि गर्छ तर जनताका बीचमा कोही खरो उत्रिएनन् भने उनी विफल हुन्छन् । उत्रिए भने सफल हुन्छन् । यही आधार र मापदण्ड हो राजनीतिक हैसियत निर्धारणको । मलाई त विफल हुनुमा पनि लाज छैन किनकी म इमानदारीपूर्वक एउटा कार्यलाई लिएर अघि बढेको छु । एकदुईपटकसम्म विफल हुन्छु तर तेस्रोपटकमा त पास हुन्छु नि । कार्यारम्भ गर्नु भनेकै सफलताको पहिलो चरण हो । पहिलो दिनबाटै सफलताका साथ म अघि बढ्छु भन्ने छैन तर पहिलो दिनदेखि नै इमानदारी, प्रतिबद्धता र समर्पणका साथ अघि बढ्छु भन्ने मेरो सोच छ ।
नयाँ शक्तिले तपाईंलाई कुन रुपमा उपयोग गर्नसक्छ ?
आधारभूतरुपमा म चिकित्सक मान्छे । तीस वर्षको चिकीत्सकीय अभ्यासमा म ग्रासरुट लेवलबाटै जनतासँग जोडिएको छु । कर्मचारीतन्त्रको सबैभन्दा उपल्लो ठाउँ अर्थात नीति निर्माण तहसम्म पनि पुगेँ । नेपालको सामाजिक संरचना, स्वास्थ्यको स्थिति, र समाजमा भएकाहरुका लागि गर्नुपर्ने परिवर्तनका बारेमा बुझेको छु । म पनि मान्छे । म पनि कुनै विदेशमा गएर पढेको मान्छे होइन, गाउँबाटै आएको छु । गाउँमा पढेँको हुँ । त्यहीँबाट म आफूलाई माथि उठाउँदै आएको हुँ । त्यसैले नेपालका गाउँघरका बारेमा मलाई हरेक कुरा थाहा छ । त्यसैले मलाई लाग्छ कि इमानदारिता र सत्यताका साथ मैले राजनीति गर्ने हो भने म आफूलाई स्थापित गर्न सफल हुन्छु । र पार्टी दिएको बौद्धिकस्तरको जुनसुकै जिम्मेवारीलाई पुरा गर्न म सदैव तयार रहनेछु । तर पार्टीले पर्खन भन्यो भने पनि मलाई आपत्ति हुने छैन । देश र समाजलाई मेरो आवश्यकता कुन बेला र कस्तो छ, त्यसअनुसार काम गर्न म सधैँ तयार छु ।
प्रसङ्ग परिवर्तन गरौं । मधेशमा अझै आन्दोलन जारी छ । मधेशवादी दलहरुले प्याकेजमै संशोधनलाई पूर्णता दिनुपर्छ भन्दैछन् तर सरकारले दुईओटा विषयबाहेक थप विषयमा प्रवेश गर्न चाहेको छैन । यस परिस्थितिलाई कसरी लिनुभएको छ ?

मैले धेरै अन्र्वार्ताहरुमा र सार्वजनिकसभाहरुमा समेत भनेको छु कि इमानदारिताको धेरै आवश्यकता छ । काँग्रेसनेतृत्वको सरकारमा सुशिल कोइरालाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । र अहिले एमालेनेतृत्वको सरकारमा केपी ओलीजी हुनुहुन्छ । मधेशलाई लिएर उहाँहरुको नियत सफा छैन । मधेशका जनतालाई कमभन्दा कम अधिकार दिन उहाँहरुले जालझेलर ढाँटढुट गर्ने काम गरिरहनुभएको छ । ५४ जना सहिदको रगतबाट लेखिएको अन्तरिम संविधानबाट पनि पछि हटेर मधेशी जनताका अधिकारलाई कटौती काम बेइमानी हो । र, यो भएको छ । यस्तो काम राजनीतिक र सामाजिकरुपमा वैध हुन सक्दैन । यस्तै धूत्र्याइँ, हठ्ठीपन र जबर्जस्तीले देशको यो दूर्गति भएको छ । काँग्रेस र एमालेमा मसँग मिल्ने साथीहरु छन् । मैले उहाँहरुलाई भनेको थिएँ कि बेलैमा सबैथोक दिनुभएन भने तपाईंहरुले योभन्दा बढी दिनुपर्छ । हतारमा संविधान संशोधन नगर्नुस । तपाई नठान्नुस कि हामीले नब्बे प्रतिशतले पास गर्यौ भने संविधान मान्य हुन्छ । तर उहाँहरुले तोप र बन्दूकका भरमा जति पनि हत्या गरेर संविधान ल्याउन सकिन्छ र कसैले केही गर्दैन भन्नठान्नुभयो । त्यो गलत र अराजनीतिक सोच थियो । अमानवीय र अराष्ट्रिय सोच थियो । हो यस्तै गलतफहमीहरुलाई बढार्न नयाँ शक्ति चाहिन्छ । देशका मधेशी , जनजाति, दलित पनि नेपालकै जनता हुन् र उनीहरुलाई आफ्नो अधिकार दिनका लागि हत्या गर्नु पर्दैन भन्ने बुझ्ने खालको राजनेता चाहियो । काँग्रेस, एमाले र एमाओवादीका नेताहरुले किन जबर्जस्ती गरे भने उनीहरुमध्ये कोही पनि राजनेता थिएनन् । राज्यसत्ता सञ्चालन गर्ने सीप र राज्यधर्म र्विाह गर्ने अटोठ थिएन । अझ यस विषयमा उनीहरु अबुझ नै थिए । मैले भनेको थिए , सबैथोक दिनुपर्छ र त्योभन्दा बढी पनि दिनुपर्छ । उहाँहरुले यसलाई नमानेकोले अहिलेको स्थिति सिर्जना भयो । बल्ल दुईओटा कुरा दिए । अब एउटा सीमांकनको विषय छ । त्यो पनि गर्नुपर्छ । म भन्छु उहाँहरुलाई कि साँच्चिकै तपाईंहरु बुद्धिमान हुनुहुन्छ भने मधेश आन्दोलनका सबै सरोकारवालाहरुसँग शुद्ध र इमानदार मनले छलफल गर्न सक्नुभयो भने बाटो निस्किन्छ । तर उहाँहरुमा मैले इमानदारी हेरिनँ ।
नयाँ शक्ति मधेश आन्दोलनको स्टेकहोल्डर हो कि होइन ?
निश्चितरुपमा छ । डा. बाबुराम भट्टराईले मसँगको पहिलो भेटमै यो मधेशको आन्दोलन हो र मधेशको नाकाबन्दी, भारतको होइन भन्नुभएको थियो । सरकारले आफ्ना कमीकमजोरीहरुलाई लुकाउन भारतले गराएको भन्छ । उहाँको यस्तो प्रष्ट दृष्टिकोण र बुझाइबाट प्रभावित भएको थिए । हो, यो सही कुरो थियो । आन्दोलनका दौरान म पनि १३ ठाउँमा पुगेर आएँ । सबै ठाउँमा गएर हेरेँ । आन्दोलन मधेशको र मधेशी जनताको थियो । नाकाबन्दी अधिकारप्राप्तिका लागि सङ्घर्षरत मधेशीहरुले गरेका थिए । मलाई दुःख कहाँ लाग्छ भने सरकार त राष्ट्रिय सोचले प्रेरित थिएन । एउटा राजनेताको कमी थियो तर देशका राष्ट्रिय मिडियाहरु क्षेत्रीय मिडियाका रुपमा व्यवहार गर्दा देश नै पीडित हुने अवस्था आयो । देशलाई पीडित बन्नुपर्ने एउटा कारक त नेता थिए तर अर्को कारण मिडिया बने । जसले गर्दा हत्या र हिँसाहरु भए । यो दुःखलाग्दो र शर्मनाक कुरा हो । नेपालका राष्ट्रिय भनाउँदा मिडियाले आफ्नो कामलाई इमानदारीपूर्वक र आचारअभ्यासअनुरुप गरे कि गरेनन् भन्ने कुराको जाँच हुनुपर्छ । ताकी भोलि अल्पसँख्यक र सीमान्तकृतहरुलाई अधिकार दिनका लागि फेरि राज्यले हत्या र हिँसा गर्न नपरोस । यो दूर्घटना फेरि नदाहोरियोस ।

अहिले कालोबजारी र तस्करीलाई राज्यका संयन्त्रले संरक्षण गरेको भनिदैँछ । तपाईं त सरकारका पूर्वसचिव पनि । कतै यसले देशमा समानान्तर अर्थतन्त्र त खडा गर्दैन ?

मन्त्रीले भन्यो कि हामीलाई व्यापारीभन्दा तस्करहरुले सहयोग गर्यो । जब मन्त्रीले नै यो कुरा भन्छ कि तस्करले सहयो गर्यो भनेपछि यो सरकार पनि तस्करबाटै चलेको हो जस्तो लाग्छ मलाई । तस्करहरुको सरकार हो । यस्तो सरकारले देशलाई कुन दिशामा लिएर जाने हो अनुमान गर्न सकिन्छ । तर तस्करहरुको सरकार धेरै दिनसम्म टिक्दैन । किनकी यस्ता प्रबृत्तिका विरुद्धमा एउटा सबल जनशक्ति तयार हुँदैछ । जनबलका भरमा ती तस्करहरु लखेटिनेछन् ।
यो सरकारसँग राजनीतिक इच्छाशक्ति छैन । एउटा राजनेताले दर्शनले देश राम्रो बन्छ । विश्वमा धेरैले देखाइसकेका छन् । डा बाबुराम भट्टराईं राजनेता हुनुहुन्छ । देश बनाउने दृढ राजनीतिक इच्छाशक्तिले परिपूर्ण । त्यसैले उहाँसँग राम्रा मान्छेहरु जोडिदै गएका छन् । यसरी नै असल मान्छेहरु जोडिँदै सही तथा सार्थक प्रयास भयो भने देश सही मानेमा एउटा राम्रो राष्ट्र हुनेछ ।
नयाँ शक्तिको अबको बाटो के हुन्छ ?
प्रक्रियागत कुराहरु अघि बढेका छन् । दुईतीन महिनाभित्रै ७५ आृेटै जिल्लामा ग्रासरुटसम्म यसको पहुँच बन्नेछ । त्यसपछि जनआकांक्षा र आवश्यकतामा आधारित अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्यक्रमहरु तय गरिनेछन् । कम समयमा तत्काल प्रभावबाट परिवर्तनको अनुभूति गराउन हामी अग्रसर हुनेछौं । मानवता, राष्ट्रवाद र विकासवादको बाटोलाई हामीले अबलम्वन गर्नेछौं ।
तर डा. भट्टराई त कम्यूनिष्ठ पाठशालाबाट आउनुभएको छ । तपाईंले भन्नुभएको वादहरु उहाँको प्राथमिकतामा कसरी पर्नसक्छ ?

जनआकांक्षा र आवश्यकतामा आधारित अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्यक्रमहरु तय गरिनेछन् । कम समयमा तत्काल प्रभावबाट परिवर्तनको अनुभूति गराउन हामी अग्रसर हुनेछौं । मानवता, राष्ट्रवाद र विकासवादको बाटोलाई हामीले अबलम्वन गर्नेछौं ।
एउटै वादलाई अन्तिम सत्य मानेर काँखी च्याप्ने भनेको उनीहरु हुन्छन् जोहरु अध्यय्नशील हुँदैनन् र देशदुनियाँलाई हेरेका हुँदैनन् । दुनियाँमा के हुँदैछन् र तिनका बारेमा पर्याप्त जानकारी राख्दैनन् र यथोचित विश्लेषण गर्न सक्दैनन । उनीहरुलाई वादको मोह हुन्छ र त्यसलाई छाड्न सक्दैनन् । तर जसले साम्यवाद, समाजवाद, प्रजातन्त्रर राजतन्त्र सबै हेर्या छन् । उनीहरुले सबै वादको तुलनात्मक विश्लेषण गरेर आफूलाई पनि परिमार्जित गर्न सक्छन् । डा. भट्टराई विद्वान हुनुहुन्छ । असल द्रष्टा र पोख्त स्रष्टा हनुहुन्छ । अझ विधावारिधि गर्नुभएको । फराकिलो सोच भएको वैश्विक चिन्तक । वैश्विक अभ्यासलाई देश, काल र परिस्थिति हेरेर कार्यान्वयन गर्न सकिन्छ भन्ने कुराका लागि उहाँ तयार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: