Monday, September 24, 2018
Home > समाचार > जनकपुरमा आन्दोलनका घटकले भन्यो–‘आन्दोलनलाई हिँसात्मक नबानाऊ’

जनकपुरमा आन्दोलनका घटकले भन्यो–‘आन्दोलनलाई हिँसात्मक नबानाऊ’

dharmendra_sah
सञ्चारक
जनकपुर, माघ २० ।
मधेश आन्दोलनका कार्यक्रमलाई लोकतान्त्रिक र संयमित ढङ्ले अगाडि बढाउनुपर्ने विषयलाई लिएर जनकपुरका आन्दोलनकारीहरुबीच नै तीब्र मतभेद उत्पन्न भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत आन्दोलनका केही अन्य घटक पक्षहरुले काँग्रेस नेता विमलेन्द्र निधिको जनकपुर प्रवेशमा रोक लगाउन उर्दी जारी गरेको केही बेरपछि स्थानीय आन्दोलनका एउटा घटक संयुक्त युवा सङ्घर्ष समिति जनकपुरले आन्दोलनको नाउँमा अराजक र हिँसात्मक गतिविधि नगर्न सचेत गराएको छ ।
समितिका संयोजक तथा जनकपुरका प्रभावशाली व्यावसायी धर्मेन्द्र साहले लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन, विरोध र सभा गर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आन्दोलन र विरोधको शैली राजनीतिक हुनुपर्ने जनाएको छ । मोर्चालगायतका आन्दोलनकारीहरुले निधिको जनकपुर प्रवेशलाई अवरुद्ध गर्न बुधबार जनकपुरमा लाठी जलुस तथा जनकपुर विमानस्थल घेराव गर्ने कार्यक्रम सार्वजनिक गरेको बेला युवा सङ्घर्ष समितिका संयोजक साहले राजनीतिक तवरले भएको आन्दोलनको समाधान राजनीतिक नै हुने उल्लेख गरेका छन् ।
उनले सोमबार जनकपुरमा भएको घटनालाई निन्दनीय र भत्र्सनायोग्य भएको बताउँदै कसैको घरमा लक्षित गरी आक्रमण गर्नु, आगजनी गर्नु र ढुङ्गामुडा गर्नुलाई लोकतन्त्र र शान्तिविरोधी कार्यको संज्ञा दिएका छन् । सोमबार सो घटना काँग्रेस नेता निधिको जनकपुरस्थित निवासमा गराइएको थियो ।
संविधानको मस्यौदा आएपछि जनकपुरका युवाहरुको चर्को विरोध प्रदर्शनपछि नै मधेश आन्दोलन आरम्भ भएको र सो आन्दोलनमा मधेशकेन्द्रित दलहरुका स्थानीय कार्यकर्ताको सहभागिता भएको हो । स्वतन्त्र युवाले गर्दा भएको जनकपुर विद्रोहपछि नै मधेश आन्दोलनको स्वामित्व लिएको मधेशी मोर्चाको नेतृत्वमा आन्दोलन मधेशभरि पसारिएको थियो ।
जनकपुरमा जारी आन्दोलनमा विभिन्न ब्यानरमुनि गोलबन्द भएर आन्दोलनलाई जारी राख्ने काममा स्थानीय युवाको महत्वपूर्ण भूमिका रहँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: