Wednesday, February 21, 2018
Home > समाचार > को को समातिए सप्तरीमा

को को समातिए सप्तरीमा

saptri_pakrao
सञ्चारक
राजविराज, माघ १९ ।
काँग्रेस अधिवेशनलाई विथोल्न खोजेका एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई सप्तरीमा हिरासतमा लिइएको छ । नेपाली काँग्रेस सप्तरीको नगर अधिवेशनलाई विथोल्न लागेको बेला सोमबार राजविराजबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुमा सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, सङ्घीय समावादी फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, जिल्ला सदस्य केदार यादव, सुरेन्द्र यादव, तमलोपा सप्तरीका कोषाध्यक्ष वीरेन्द्र साह, युवा फोरम नेपालका सप्तरीका अध्यक्ष विशाल यादव, सदभावना विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव, मधेशी मोर्चा सप्तरीका संयाजक कपिलदव यादव, सदवाभना विद्याथी मञ्च सप्तरीका अध्यक्ष शम्भू यादव, सदभावनाका युवा नेताहरु दिनेश साह, मनोज राउत, पशुपति दास, पिन्टु दास, मनोज राउत, मधेशी युवा विद्यार्थी मोर्चाका सप्तरीका सदस्य संजय यादव, नेकपा माओवादीका जयप्रकाश यादव, मोर्चाका नगर संयोजक उमेश साहलगायतका व्यक्तिहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: