Monday, May 21, 2018
Home > समाचार > निधि निवासमा भएको आक्रमणप्रति महन्थ ठाकुर पनि चिन्तित

निधि निवासमा भएको आक्रमणप्रति महन्थ ठाकुर पनि चिन्तित

Mahanta_Thakur
सञ्चारक
काठमाडौं, माघ १९ ।
काँग्रेस नेता विमलेन्द्र निधिको जनकपुरस्थित निवासमा सोमबार भएको आक्रमण र आगजनीको घटनाप्रति संयुक्त लोकतान्त्रिक लोकतान्त्रिक मधेशी मोर्चाका एउटा घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दुःख व्यक्त गर्नुभएको छ ।
मधेशमा आन्दोनरत मोर्चाका जेठो नेता ठाकुरले कुनै पनि राजनीतिक दलका नेताको घरमा उनको उपस्थिति वा अनुपस्थितमा आक्रमण गर्नेजस्तो घटना हुनु दूर्भाग्यपूर्ण भएको बताउँदै क्षोभ व्यक्त गर्नुभएको उहाँका सहयोगी सत्येन्द्र झाले सञ्चारक डटकमलाई बताएका छन् ।
‘घटनाको गाम्भीर्यलाई लिएर अध्यक्षज्यू चिन्तित हुनुहुन्छ । र, यसका बारेका मोर्चाका नेताहरुसँग कुरा गरिरहनुभएको छ’–सहयोगी झाले थपे ।
इता तमलोपाको भातृसंस्था तराई मधेश लोकतान्त्रिक युवा फ्रन्टका अध्यक्ष कृणा सिँहले नेता निधिको घरमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले आन्दोलनकारीहरु जनकपुरको भानुचोकबाट प्रहरीको बल प्रयोगपछि तितरवितर भएको बेला नजिककै मिल्सएरियास्थित निधि निवासमा गरिएको आक्रमणको वास्तविकताबारे आफूहरुले अनुसन्धान गरिरहेको बताए ।
घटनालाई लिएर अध्यक्ष ठाकुरसँग फोनबाट परामर्श भएको र उहाँले पनि चिन्ता जाहेर गरेको सिँहले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: