सरकारको काट्टो खाने दिन कहिले आउँला !

indhan_bijulibajar_main

सञ्चारक

काठमाडौं, माघ १९ ।

सरकार भन्छ,‘सर्वसाधारणलाई इन्धन दिने कार्य नियमित, व्यवस्थित र प्रभावकारी भएको छ ।’ काठमाडौंका डिपोहरुमा इन्धन नै पोखिने समस्या आएपछि उब्रिएको इन्धनलाई अन्यत्र भण्डारण गर्नुपरेको छ । तर राजधानीमै भने इन्धनका लागि जनतालाई घण्टौं लाइनमा लाग्नुपर्ने बाध्यता छ । धैर्य र अनुशासनलाई कायम राख्दै घण्टौं लाइनमा बसे पनि इन्धन पाउने आशा भने कतारको पछिल्तिर हुनेहरुलाई छैन ।

यो राजधानीको मुख्य प्रशासनिक केन्द्र सिँहदरबारबाट मुश्किलले दुई सय मीटरको दूरी र सार्वभौम संसद भवन अर्थात अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरबाट पाँच सय मीटर नपुग्दै आउने बिजुलीबजारको दृश्य हो । जहाँ सोमबार मध्यरातिबाट नै मट्टीतेल पाउनका लागि सर्वसाधारणहरु पर्खिरहेका छन् । बिहान ९ बजेपछि मात्र चार लिटरको दरले बाँडिन थालेको मट्टीतेल कतिखेर सकिने त्रासले पर्खाइँमा भएकाहरु घरिघरि अघिल्तिर ग्यालेन सरे वा नसरेको हेर्छन भने कुनै कुनै बेला सरकारलाई सत्तोसराप गर्ने गर्छन् ।

indhan_bijulibajar_parkhai

धेरै दिनको अन्तरालमा बाँडिने इन्धन पनि पाउन मुश्किल हुने भन्दै एकजना महिलाले भन्दैछिन्,‘सरकारको काट्टो खाने दिन कहिले आउँला ।’

सीमानाकामा धर्ना भएकाले इन्धन आपूर्ति अवरुद्ध भएको र सहज उपलब्ध नभएको ओली सरकारको कथालाई बिस्तारै बुझ्न थालेका राजधानीका निम्नवित्त भएकाहरुको यस्तो चर्को असन्तुष्टि सामान्य भएको छ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *