Tuesday, November 20, 2018
Home > समाचार > मोर्चा कार्यकर्ताद्वारा विमलेन्द्र निधिको दाइको घरमा आक्रमण

मोर्चा कार्यकर्ताद्वारा विमलेन्द्र निधिको दाइको घरमा आक्रमण

bimaljee-janakpur1

सञ्चारक

काठमाडौं, माघ १८ ।

राराब क्याम्पसका प्रमुख नवेन्द्र निधिको जनकपुर–१ स्थित मिल्सएरियास्थित घरमा मधेशी मोर्चासम्बद्ध आन्दोलनकारीहरुले आक्रमण गरेको छ । प्रदर्शनकारीहरुको एउटा जत्थाले निधिको कम्पाउन्डभित्र रहेको उनले प्रयोग गर्ने ज ३ प ९४३८ नम्बरको मोटरसाइकलमा समेत आगजनी गरेको छ ।
नवेन्द्र निधि काँग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधिका जेठो दाइ हुन् । घटना भएको बेला उनका परिवारका सदस्यहरु घरभित्रै थिए ।
काँग्रेसका अर्का नेता आनन्द ढुङ्गानाको भानुचोकस्थित घरअगाडि प्रहरी र प्रदर्शनकारीहरुबीच चर्को झड्प भइरहँदा त्यहाँबाट मिल्सएरियातर्फ लागेका केही आन्दोलनकारीहरुले सो घटना गराएको बताइएको छ । प्रदर्शनकारीहरुले निधिको पर्खालमा समेत क्षति पुर्याएको छ ।
जनकपुरका सञ्चारकर्मीहरुका अनुसार प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको फाइदा उठाउँदै आन्दोलनकारीहरुले नवेन्द्र निधिको घरमा पसेर आक्रमण गर्न सफल भएका हुन् ।

 

%d bloggers like this: