मधेशी नेताले यसरी भेटे लालुलाई

lalu_yadav
सञ्चारक
पटना(बिहार,भारत), माघ १८ ।
सङ्घीय भारतको बिहार राज्यमा नेपालमा जारी मधेश आन्दोलनको पक्षमा जनमत निर्माण गर्न पुगेका मधेशी नेताहरुले आज बिहारका मुख्यमन्त्री र सत्तासाझेदार राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग भेट गरेका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं नेपालका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री र तराई मधेश सदभावना पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्रप्रसाद यादवलगायतका नेताहरुले लस्करै बसेर भारतीय नेता यादवसँग भेट गरेका छन् ।
भेटको अवसरमा नेपालका मधेशी नेताहरुले मधेश आन्दोलनका माग नेपालको सरकारी रवैयाका बारेमा जानकारी गराएका थिए ।
भारतीय नेता यादवले मधेशका समस्याबारे आफू जानकार रहेको भन्दै मधेशका मागहरु उचित रहेको बताएको जानकारी दिइएको छ ।

Share Button

One thought on “मधेशी नेताले यसरी भेटे लालुलाई

  1. The most appropriate etiquette would have been a round table sort of discourse, certainly not this. It gives an impression of a Teacher-Student interaction.

Leave a Reply

Your email address will not be published. Required fields are marked *