Wednesday, February 21, 2018
Home > समाचार > आन्दोलनकारीको भिड ढुङ्गाना निवासतर्फ बढ्दै /जनकपुरमा झड्पको सम्भावना तीब्र

आन्दोलनकारीको भिड ढुङ्गाना निवासतर्फ बढ्दै /जनकपुरमा झड्पको सम्भावना तीब्र

pradarshan janakpur
सञ्चारक
जनकपुर, माघ १७ ।

आन्दोनरत संयुक्त मधेशी लोकतान्त्रिक मधेशी मोर्चाको अवरोधका कारण आज धनुषा जिल्लामा काँग्रेसका अधिवेशनहरु हुन सकेका छैन् । आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बाल्दै र ढुङ्मुढासहितको प्रदर्शनमा उत्रिएपछि जिल्लाको सदरमुकाम जनकपुर पुगेका पार्टीका केन्द्रीय नेताहरु अधिवेशका स्थलसम्म पुग्न सकेनन् ।
उनीहरुलाई प्रहरीको कडा सुरक्षाबीच आफ्नै घरमा थुनिनुपरेको छ । शनिबार जनकपुर पुगेका काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद आनन्द ढुङ्गानाका अनुसार मोर्चाका स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शनकारीहरुको भिड ढुङ्गामुडा गर्दै उनको जनकपुरस्थित निवासतर्फ बढिरहेको छ ।
प्रदर्शनकारीहरुले हिजै पूर्वकाँग्रेसी नेता एवं पूर्वराष्ट्रपति रामबरण यादव, काँग्रेसकी नेतृ एवं सांसद लीला कोइराला, काँग्रेसका अर्का साँसद रामकृष्ण यादवको घरअगाडि प्रदर्शन गरेका थिए । ती स्थानमा आज पनि प्रदर्शन जारी छन् ।
सांसद ढुङ्गानाले अधिवेशनलाई विथोल्न जिल्लाका कयौं स्थानबाट काँग्रेसका कार्यकर्ताहरुलाई अपहरण गरिएको अपुष्ट खबर आइरहेको बताएका छन् ।
यता मोर्चाका नेता एवं तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले निषेधको राजनीति गर्ने कुरामा आफूहरुले विश्वास नगर्ने बताए पनि अधिवेशनलाई निर्विघ्न सम्पन्न हुन दिन कार्यकर्ताहरुलाई आव्हान नगरेको काँग्रेसका नेताहरुले आरोप लगाएका छन् ।
शुक्रबार अध्यक्ष ठाकुरसँगको भेटपछि काँग्रेसका नेताहरु विमलेन्द्र निधि र ढुङ्गानालाई अध्यक्ष ठाकुरले काँग्रेसको अधिवेशन सम्पन्न हुने कुरामा मोर्चा सकरात्मक रहने आश्वासन दिएको ढुङ्गानाको दाबी छ । ‘हामीले वैचारिक आधारमा बहुदलीय प्रतिस्पर्धा गर्ने राजनीतिक प्रणालीले दिएको सुविधाअनुसार नै मोर्चाका दलहरु संगठित भएको स्मरण गराउँदै दलीय कार्यक्रमलाई सम्मान गर्नुपर्ने आग्रह गर्दा उहाँले मोर्चामा कुरा राखेर सकारात्मक उत्तर दिने आश्वासन दिनुभएको थियो’–सांसद ढुङ्गानाले भन्नुभयो,–तर हिजो जनकपुर आउन लाग्दा अध्यक्ष ठाकुरले मोर्चाका दुईओटा घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंबाहिर रहेकाले बैठक बसेर निर्णय गर्न नसकिएको उत्तर दिनुभएको छ ।’
काँग्रेसले भने विद्यालय, सार्वजनिक स्थान वा पार्टीसम्बद्ध विभिन्न व्यक्तिका घरमा हुने अधिवेशनलाई सफल गर्न दिन मोर्चासँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: