Wednesday, February 21, 2018
Home > समाचार > मधेशी मोर्चाले फेरि गर्यो सदन बहिष्कार

मधेशी मोर्चाले फेरि गर्यो सदन बहिष्कार

Sansad1
सञ्चारक
माघ १२ ।

अपुरो र अधुरो संविधान संशोधन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलहरुका सांसदले मंगलबार पनि संसद बहिष्कार गरेका छन् । संसद बहिष्कार गर्नेमा अन्य केही मधेशमा आन्दोलनरत दल पनि छन् ।
बैठकको आरम्भमा तमलोपा सभासद बृजेश गुप्ताले बोलेपछि मधेशी दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । गुप्ताले संविधान संशोधनबाट मधेशलाई धोका भएको आरोप लगाए ।

मधेस आन्दोलनबाट उठान भएको प्रदेशको सिमांकनसहितका मुदादहरु सम्बोधन नभएको अन्य विषयमा पनि अर्थपूर्ण ढंगले संशोधन नभएको सांसद गुप्ताले असन्तुष्टि व्यक्त गरे । उनले ठूला दलहरुले छलछामको राजनीति र बाटो अख्तियार गरेको बताए ।
त्यसअघि शुन्य समयमा बोल्दै कांग्रेसका सांसद रमेश लेखकले संविधान संशोधनको विपक्षमा सरकारकै उपप्रधानमन्त्रीले मतदान लोकतान्त्रिक चरित्र नभएको बताएका थिए । उपप्रधानमन्त्री चित्रबहादुर केसीले संशोधनको विपक्षमा मत हालेका थिए ।

बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले वाषिर्क प्रतिवेदन पेस गरेका थिए । अर्को बैठक माघ २८ गते बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: