Monday, May 21, 2018
Home > समाचार > मधेशी मोर्चाले काँग्रेसको महाधिवेशन विथोल्ने

मधेशी मोर्चाले काँग्रेसको महाधिवेशन विथोल्ने

congress logo
सञ्चारक
सप्तरी १२ माघ ।
मधेशी मोर्चा सप्तरीले आन्दोलनको क्रममा नेपाली काँग्रेस एमाले र एमाओवादीलगायत मधेशविरोधी पार्टीहरुको कुनै पनि कार्यक्रममा सहभागी नहुन जनसमुदायसँग आग्रह गरेको छ ।
मधेशी मोर्चा सप्तरीले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, एमाले र माओवादीजस्ता पार्टीहरु मधेश विरोधी पार्टी रहेको आरोप लगाउँदै सो पार्टीहरुलाई मधेशमा कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ । विज्ञप्तीमा ती पार्टीहरुले गर्ने कार्यक्रमहरुलाई विथोल्ने तथा प्रतिकार गर्ने जनाइएको छ ।
नेपाली काँग्रेसले अधिवेशनका लागि सर्वजानिक गरेको गाउँदेखि लिएर जिल्लासम्मको कुनै पनि कार्यक्रममा सहभागी नहुन मधेशी जनसमुदायहरुसँग आग्रह गर्दै नेपाली काँग्रेसलाई मधेश आन्दोलनको क्रममा आफ्नो अधिवेशन नगर्न आग्रह गरेको छ । अधिवेशन गरिए प्रतिकारस्वरुप अधिवेशनहरुलाई विथोलिने मधेशी मोर्चा सप्तरीका सूचन तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: