Sunday, February 18, 2018
Home > समाचार > कथित राष्ट्रवादीहरु मंगलबार भारतीय दूतावास पस्दै

कथित राष्ट्रवादीहरु मंगलबार भारतीय दूतावास पस्दै

कार्यक्रममा नेपालको राजनीति, सामाजिक, आर्थिक र साँस्कृतिक फाँटका लब्धप्रतिष्ठित व्यक्तिहरु पनि हुनेछन् । उनीहरुको सहभागिताले कार्यक्रमलाई सही अर्थमा गरिमामय बनाउने छ ।

Embassy of india final

सञ्चारक
काठमाडौं, माघ ११ ।

भारतको गणतन्त्रको परम्परा र अभ्यास अतुल्य छ । सम्मान गर्नैपर्छ । सञ्चारक डटकमले पनि भारतीय गणतान्त्रिक परम्परा र अभ्यासको सम्मान गर्छ । र, भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी बधाइका पात्र हुनुहुन्छ । लोकतान्त्रिक समाजवादका सही अभ्यासहरुले आज भारतलाई गर्न र दिने बनाएको छ ।

तर मंगलबार भारतीय दूतावासमा भेला हुने नेपाली राजनीतिकर्मीहरुमध्ये अधिकांश व्यक्ति भारतविरोधीहरु  हुनेछन्, जसको लोकतन्त्र र समाजवादसँगभन्दा पनि रक्तपोषक सगोत्री राष्ट्रवादसँग नाता हुनेछ । भारतको नेपाल मिसनका स्वघोषित दलालहरु औपचारिक कार्यक्रममा देखिने निश्चित छन् । उपस्थिति हुनेमा समाजमा आफ्नो भारतविरोधी राष्ट्रिय जनाधार बनाउन सधैँभरि भारतको विरोध गर्ने तर मिसनको सहयोगमा आर्थिक उन्नयन गर्ने प्रबृत्तिमा बाँचेकाहरु बढी हुनेछन् ।

यद्यपी कार्यक्रममा नेपालको राजनीति, सामाजिक, आर्थिक र साँस्कृतिक फाँटका लब्धप्रतिष्ठित व्यक्तिहरु पनि हुनेछन् । उनीहरुको सहभागिताले कार्यक्रमलाई सही अर्थमा गरिमामय बनाउने छ ।

गैरमधेशी कथित राष्ट्रवादीहरुको दृष्टिमा मधेशकेन्द्रित दल र तिनका नेताहरुलाई प्रायः भारतपरस्त मानिन्छ ।
मधेशका कयौं पत्रकार र सञ्चारमाध्यमहरुलार्इृ भारतको सहयोगमा परिचालन भएको भनिन्छ । तर भोलि भारतीय मिसनको औपचारिक कार्यक्रममा जाने अधिकांश मधेशी नेताहरु औपचारिकता निर्वाह गर्न मात्र जानेछन् । यो उनीहरुका लागि यो कर्तव्य हुनेछ । मधेशकेन्द्रित सञ्चारमाध्यमहरुका पत्रकारहरुको उपस्थिति पनि औपचारिक र दुईदेशीय हार्दिकता प्रकटका लागि हुनेछ ।

तर पहाडीमूलका राजनीतिकर्मीहरुले भने भारतसँग नजिक भएको र आफ्ना छोराछोरीहरु र आफूले सिफारिस गरेको व्यक्तिलाई भारतमा उच्च शिक्षा दिलाएको, राजनीति गर्न दानदक्षिणा लिएको र राजनीतिक आधार तयार गर्न आफ्नो जनक्षेत्रमा विकासनिर्माणका लागि अनुदान मागेकोमा कृतज्ञता व्यक्त गर्नेहरु बढी हुनेछन् । उनीहरुको अनुहारमा भोलि फेरि मगन्ते प्रतिबिम्ब देखिनेछ ।

मधेशीमूलका कयौं पत्रकाहरुको पनि भोलि उत्साहजनक संलग्नता हुनेछन् जोहरु भारतीय स्थानीय अधिकारीहरुलाई संवाद संप्रेषण गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । यदपी पहाडे पत्रकारहरुका तुलनामा भारतीय मिसनका पारिश्रमिकप्राप्त मधेशी पत्रकारको सँख्या नगण्य छ । तर मधेश आन्दोलनको प्रभावले मधेशी पत्रकारहरुको भोलिको कार्यक्रममा हालीमुहाली थप हुने देखिएको छ ।

अधिकांश मधेशी पत्रकारहरु राष्ट्रिय सञ्चारको दृष्टिले कमजोर र प्रभावहीन भएको आकलन गर्दै नेपालस्थित भारतीय मिसनले उनीहरुलाई प्राथमिकतामा राख्ने गरेका छैनन् । मधेशी पत्रकारहरु स्वाभाभिमानी भएको ठहर गर्दै उनीहरुले गैरमधेशी  पत्रकारहरुलाई नै औपचारिक र अनौपचारिक अनुदान दिएर मिसनपक्षधर काम गराउने काम गरिरहेको बताइएको छ ।

भारतीय दूतावासको उच्चजातीय अहंकरवाद खसआर्यभन्दा कम छैन भन्दै एकजना  मधेशी पत्रकारले भारतीय मिसनका अधिकारीहरुले सबै  सबैस्तरको सहकार्यमा मधेशीसँग विभेद गर्ने गरेको बताए । उनले सुरक्षासंवेदशीलताले नाउँ खोल्न खोल्न चाहेनन् ।
यता गैरमधेशीमूलका पत्रकारहहरुलाई सधैँभरि शासकीय सुविधाले गर्दा चाकडी र अनुदान दिँदैआएको भन्नेगरेका  मिसनका पीआइसी प्रमुख अभयकुमारको सरुवापछि दूतावासको प्रबृत्ति नबदलिएको गुनासो गरिएको छ । भारतीय अधिकारी अभयले भनेका थिए भन्दै एकजना पत्रकार सम्झन्छन्, ‘तिमीहरुले चाहेर होइन, हाम्ले चाहेर तिम्रो देशलाई चलाउने हो ।’

तर यस्ता कुरामा भारतका स्थानीय मिसनका डीसीएम विनयकुमार र राजदूतसमेत संवेदनशील छन् । भनिन्छ, उनीहरुले देशमा भएका सही र सबै समुदायका राष्ट्रवादीहरुलाई प्राथमिकता दिने र सबैलाई लिएर आफ्नो कुटनीतिक कुशलताले विश्वासमा लिएर अघि बढ्ने अनौपचारिक वार्तामा बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: