Tuesday, May 22, 2018
Home > समाचार > नयाँ शक्तिको उपल्लो ठाउँमा पाँच मधेशी र थारु दुई/रामकुमार शर्मालाई फेरि लोप्पा

नयाँ शक्तिको उपल्लो ठाउँमा पाँच मधेशी र थारु दुई/रामकुमार शर्मालाई फेरि लोप्पा

Baburam bhattarai

  • एक राजनीतिकर्मी, तीन पूर्वकर्मचारी, तीन चिकित्सक र एक विकासकर्मी
  • अन्तरिम केन्द्रीय परिषदमा हुनेहरु को हुन् ?

 

सञ्चारक
कठमाडौं, माघ १० ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको आज ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषदको घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तरिम परिषदको घोषणा तथा पार्टी कार्यालय सञ्चालन गर्न सानो समूहबारे जानकारी गराइएको छ ।
नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा मधेशका पाँचजना र थरुहटका दुईजना गरी तराईमधेशबाट सातजनालाई समावेश गराइएको छ । मधेश र थारुवानबाट समावेश गरिएकाहरुमा डा.जीतेन्द्र महासेठ, डा.प्रवीण मिश्र, डा.रामकेवल साह, रामचन्द्र झा, ब्रजकिशोर यादव, डा.सुरेन्द्र चौधरी र नाथुप्रसाद चौधरी छन् ।

Ramchandra jha

रामचन्द्र झा

वैकल्पिक राजनीतिक शक्तिको रुपमा निरन्तर विकास गर्दै लैजाने उद्देश्य लिएको नयाँ शक्तिको यस अन्तरिम परिषदले नै दल निर्माणको सम्पूर्ण प्रक्रियालाई लोकतान्त्रिक र संस्थागत ढंगले अघि बढाउने भनिएको छ ।
सहभागितामूलक र लोकतान्त्रिक दल बन्ने दाबी गरिएको यस शक्तिको अन्तरिम परिषदमा एकीकृत नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं पार्टीसम्बद्ध मधेशी मुक्ति मोर्चाका पूर्वअध्यक्ष रामकुमार शर्मालाई स्थान दिइएको छैन । शर्मा डा. बाबुराम भट्टराईले पार्टी छोडेर नयाँ शक्ति निर्माण गर्ने अभियान थालेयता नै अभियन्ताका रुपमा मधेश आन्दोलनमा सक्रिय रहनुका साथै नयाँ शक्तिको पक्षमा जनमत निर्माणमा संलग्न रहेका थिए ।

Ramkumar Sharma                                                                                 रामकुमार शर्मा

अन्तरिम केन्द्रीय परिषदमा राजनीतिक पृष्ठभूमिबाहेकका व्यक्तिहरुलाई प्रथम चरणमा अत्याधिक स्थान दिइएकोले अभियन्ता शर्मा नपरेको बताइएको छ । यद्यपी अन्तरिम परिषद् सदस्यको अन्तिम बिस्तारित सँख्या दुई सय ६५ रहने बताइएको छ ।
नयाँ शक्तिमा समावेश गरिएकाहरुमध्ये पूर्वमन्त्री एवं राजनीतिक जीवनका अधिकांश समय नेकपा एमालेमा रहेर पछिल्लो दिनमा एकीकृत नेकपा माओवादीमा सामेल भएका मधेशका दिग्गज नेता रामचन्द्र झाबाहेक सबै गैरराजनीतिक पृष्ठभूमिका छन् । एमाओवादीको स्थायी कमिटी सदस्यमा पराजित भएपछि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका झा संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं.१ बाट समेत हार व्योहोरेका थिए । पार्टी कार्यकर्ताहरुकै संलग्नताले संविधानसभाको चुनावमा पराजित हु्नुपरेको र पराजयका कारकका रुपमा रहेकाहरुलाई पार्टीले कार्वाही नगरेकोमा खिन्नता व्यक्त गर्दैआएका झालाई पार्टी परित्याग गर्न मधेश आन्दोलन पार्टीको भूमिका असन्तुलित र गैरजिम्मेवार भएको निहुँ प्राप्त भएको थियो ।
नेता झा पनि नयाँ शक्तिको पक्षमा तराईमधेशको मिथिला र भोजपुरा क्षेत्रमा नेता तथा कार्यकर्ता तान्न खटिएका थिए ।

Dr praveen

डा.प्रवीण मिश्र
नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदका मधेशीहरुमध्ये तीनजना चिकित्सक छन् । जसमध्ये नेपाल सरकारका पूर्व प्रशासक डा.प्रवीण मिश्र स्वास्थ्य मन्त्रालयमा करिब पाँच वर्ष सचिवका रुपमा काम गरेर सेवा निवृत्त भएका हुन् । २००७ सालको क्रान्तिमा अतुल्य योगदान पुर्याएको महोत्तरी पिपराको मिश्र खलकका डा. मिश्र राजनीतिज्ञ भद्रकाली मिश्रका भतिजो हुन् ।

jitendra mahaseth                                                                                   डा.जीतेन्द्र महासेठ

अर्का चिकित्सक डा. जीतेन्द्र महासेठ सिरहाका बासिन्दा हुन् । नेपालगञ्जको एउटा मेडिकल कलेजमा चिकित्सकीय अभ्यास गर्दैआएका उनी तत्कालिन माओवादीसँग जोडिएर जेलनेलसमेत भोगेका थिए । मूलतः उनी रामराजाप्रसाद सिँहको सशस्त्र दर्शन र गणतन्त्रवादी सोचबाट प्रभावित रहँदै रामराजाकै समीपमा रहेर सक्रिय राजनीतिक जीवन आरम्भ गरेका थिए ।

Dr Ram Kewal sah

डा. रामकेवल साह

एशियाली मुलुकमै ख्यातिप्राप्त चिकित्सक डा. रामकेवल साह मूलतः प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने नेपालका कुशल चिकित्सक हुन् । एउटा आकस्मिक र जटिल शल्यक्रिया गर्नुपरेकोले नयाँ शक्तिको अन्तरिम केन्द्रीय समितिको घोषणासभामा उपस्थित भएनन् । डा. साह धनुषा निवासी हुन् ।

Braja Kishore Yadav

ब्रजकिशोर यादव

अन्तरिम केन्द्रीय कार्यसमितिमा परेका धनुषा निवासी ब्रजकिशोर यादव वन विभागका पूर्वमहानिर्देशक हुन् । कुनै बेला एकीकृत नेकपा माओवादीका तत्कालिन नेता मातृका यादवनिकट मानिएका उनी वन विभागमा चतुर र माहिर कर्मचारीका रुपमा चिनिएका थिए । अहिले उनी सेवानिवृत्त छन् ।
नयाँ शक्तिको कार्यकारी परिषदको स्वरुपमा घोषणा गरिएको अन्तरिम केन्द्रीय समितिमा दुईजना थारु छन् । जसमध्ये नेपाल सरकारका पूर्व सचिव नाथुप्रसाद चौधरी सप्तरीका बासिन्दा भए पनि भक्तपुरमा बसोबास गर्दैआएका छन् । उनी जागिर जीवनको उत्तराद्र्धमा कृषि सचिव भएका थिए ।

Nathu Prasad Chaudhary

नाथुप्रसाद चौधरी

थारु समुदायबाट अन्तरिम केन्द्रीय समितिमा पुगेका अर्का व्यक्ति डा.सुरेन्द्र चौधरी मूलतः गत १५ वर्षयता विकास फाँटमा काम गर्दैआएका छन् । एडीबी र यूनसम्बद्ध संस्थामा काम गर्दैआएका चौधरीलाई थारु समुदायमा अधिकारकर्मीका रुपमा पनि चिनिएको छ । उनी दाङा स्थायी बासिन्दा हुन् ।

Surendra Chaudhary

डा.सुरेन्द्र चौधरी
अन्तरिम परिषदको मौजूदा संरचना भने खसआर्य, जनजाति र मधेशी क्लस्टरको दृष्टिले सन्तुलित भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: