Saturday, December 15, 2018
Home > समाचार > मोर्चाले गर्यो संसदमा नाराबाजी

मोर्चाले गर्यो संसदमा नाराबाजी

Sansad1
सञ्चारक
काठमाडौं, माघ ९ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआबद्ध दलका सांसदहरुले संविधान संशोधनका लागि बोलाइएको बैठक अबरुद्ध गर्न नाराबाजी गरेका छन् । छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले संशोधन प्रस्ताव अपुरो भएको भन्दै मोर्चाले स्वीकार गर्न नसक्ने बताएपछि तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टीसहित थरुहट तराई पार्टीले संसदमा नाराबाजी गरेको छ ।

संसद बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी संसदीय दलका नेता शुक्लले संविधान प्रस्तुत संशोधनले मधेश, थारु, मुस्लिम, आदिबासी जनजातिका मागलाई सम्बोधन गर्न नसक्ने बताए । उनले सरकारले संविधान संशोधनपछि मधेसीका माग हुने भनेर भ्रम फैलाएको आरोप पनि लगाए ।

शुक्लले मोरङको रंगेली घटनाले सरकार स्वयं साम्प्रदायिक दंगा भड्काउन लागेको उल्लेख गर्दै सरकारसँगको निष्कर्षविहीन वार्ताको अर्थ नरहेको बताए ।

%d bloggers like this: