Saturday, December 15, 2018
Home > समाचार > मोर्चाले आज संसद अबरुद्ध गर्ने

मोर्चाले आज संसद अबरुद्ध गर्ने

 

Laxman-Lal-Karna1
                                                संशोधन विधेयकले माग पुरा नहुने मोर्चाको भनाइ
सञ्चारक
काठमाडौं, माघ ९ ।
संविधान संशोधन विधेयकलाई परिमार्जन गर्दा आफूहरुसँग परामर्श नगरिएको र मधेश आन्दोलनका मागसमेत सम्बोधन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासम्बद्ध दलहरुका सांसदहरुले संसद अबरुद्ध गर्ने भएका छन् ।
सदभावना पार्टीका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले तीनदलीय सहमतिबाट आउने संशोधन प्रस्तावले मधेशको माग पुरा नहुने भएकोले सदन अवरुद्ध गर्ने बताए ।
संविधान संशोधन विधेयकमाथि परेका संशोधन विधेयकलाई परिमार्जन गर्न शनिबार ३ बजेका लागि बोलाइएको संसदको बैठक सुरु हुन ढिला भएको छ । मधेसी मोर्चाका माग निकट रहेको भन्दै तीन दलले संशोधन प्रस्ताव पारित गर्न आजका लागि आफ्ना सांसदहरुलाई संसदमा अनिवार्य उपस्थिति तथा पार्टीले लिने पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
कार्यतालिका अनुसार आजै संशोधन विधेयक पारित हुनु रहेको छ ।

%d bloggers like this: