Wednesday, February 21, 2018
Home > समाचार > रङगेली घटनाविरुद्ध लिम्बुवानले बन्द गर्ने

रङगेली घटनाविरुद्ध लिम्बुवानले बन्द गर्ने

Limbu

                                           अबको आन्दोलन काठमाडौंकेन्द्रित हुने :  लिम्बुवान संघर्ष समिति

सञ्जीवविक्रम शाह
राजविराज, माघ ९ ।
तीनजनाको ज्यान जाने गरी मोरङको रंगेलीमा बिहीबार भएको घटनालाई राज्यआतंकको संज्ञा दिदैँ सो घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आइतबार एक दिन अरुण पूर्व चक्काजामको आव्हान गरेको छ ।
भातृसंस्थाको कार्यक्रमलार्ई सफल पार्न मोरङको रंगेलीमा ३ जनाको गोली हानी हत्या गरेको वर्तमान प्रधानमन्त्रीको पार्टी एमालेलाई आरोप लगाउदै सो समितिद्धारा उक्त घटनाको विरोधमा आइतबार एक दिन अरुण पूर्व लिम्बुवानमा चक्काजामको आव्हान गरिएको एक विज्ञप्ती मार्फत जनाइएको छ ।
संघीय लिम्बुवान पार्टी नेपालसहितको विभिन्न ४ पार्टी सम्मिलित लिम्बुवान संयुक्त संघर्ष समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्यआतंकको चरमरुप भएको भन्दै घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा जनाइएअनुसार भोलि अरुणपूर्व लिम्बुवान क्षेत्रमा कुनै पनि सवारीका साधन चल्न दिइने छैन ।
यस्तै अहिलेको संबिधानलाई लिम्बुवानले मानेको छ भनेर राज्यले अन्तर्राष्ट्रिय जगतसम्म गलत हल्ला फिँजाइरहेको भन्दै अबका आन्दोलन राजधानीकेन्द्रित गर्ने तयारी भइरहेको समेत सो समितिले जनाएको छ । गत बिहीबार मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर रंगेली ४ चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनियाँ ९ का शिवु माझीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: