Monday, May 21, 2018
Home > समाचार > प्रहरीको आडमा डायनियाँतर्फ बढ्दै युवा सङ्घ

प्रहरीको आडमा डायनियाँतर्फ बढ्दै युवा सङ्घ

                                                                    झड्प दोहोरिने सम्भावना

                                                 दमनको डरले विथपित भए सयौं आन्दोलनकारी
सञ्चारक
डायनियाँ(मोरङ), माघ ९ गते ।

मधेश आन्दोलनलाई दबाउन रङ्गेली र डायनियाँ क्षेत्रमा युवा सङ्घका कार्यकर्ताहरु ठूलो सँख्यामा परिचालित हुने हल्ला फिजिएपछि आन्दोलनरत शक्तिले पनि प्रतिरोध गर्ने तयारी गरिरहेका छन् ।

सादा पोशाक र वदिर्धारी प्रहरीका सहयोगमा घरेलु हातहतियार भिरेको देखिएका ती युवाहरु केही बेरअघिसम्म डायनियाँनजिक पुगिसकेको बताइएको छ । अधिकांश पहाडीमूलका देखिने युवा सङ्घका कार्यकर्ताहरुले वितण्डा मच्चाउने डरले केही सँख्यामा आन्दोलनकारीहरु सीमावर्ती भारतीय क्षेत्रमा पुगेका छन् ।

https://www.google.com.np/maps/@26.4374158,87.5206324,13z/data=!4m2!9m1!1b1?hl=en

‘हामी निहत्था छौं, सङ्घका कार्यकर्ताहरुसँग प्रहरीको संरक्षण र हातहतियार छन् । कसरी लड्ने’– प्रश्न गर्दै स्थानीय अख्तर अन्सारीले निषेधाज्ञाका बीच प्रहरीले घरमा खानतलासी गर्ने र धरपकड गर्ने कार्य गरेकाले गाउँ छाड्नु परेको बताए ।

यता आन्दोलनकारीहरुले रङ्गेली र डायनियाँ क्षेत्रमा राज्यले युवा सङ्घलाई परिचालित गरेर साम्प्रदायिक दङ्गा गराउने र आन्दोलनलाई तुहाउने षड्यन्त्र रचेको बताए । उनीहरुले सङ्घका कार्यकर्ताहरुलाई सो क्षेत्रबाट तत्काल फिर्ता नगरिए आफूहरुले पनि जोडतोडले प्रतिरोध गर्ने बताउँदै एकजना आन्दोलनकारीले भने,‘मरता क्या न करता ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: