Saturday, December 15, 2018
Home > समाचार > प्रधानमन्त्री नै अज्ञानी भएपछि…

प्रधानमन्त्री नै अज्ञानी भएपछि…

PM oli

सञ्चारक
काठमाडौं, माघ ९ ।
संसदको विधि तथा प्रक्रियाबारे प्रधानमन्त्री नै अज्ञानी भएपछि कसको के लाग्छ । संसदलाई ‘विजिनेस’ दिने सरकार प्रमुख केपी शर्मा ओलीलाई संसदमा प्रस्तुत विधेयकमाथि राजनीतिक दलले नभएर सांसदले संशोधन प्रस्ताव गर्ने प्रक्रिया रहेको थाहा नभएको खुलासा भएको छ ।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधि, फर्मूल्ला मन्सुरलगायतले संविधान संशोधनसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव गरेको सन्दर्भलाई ती प्रस्ताव दलको नभएर केही सांसदको मात्र भएको प्रधानमन्त्रीको टिप्पणीपछि संसदीय कार्वाहीका बारे उनी अबुझ रहेको खुलासा भएको हो ।
बिहीबार सत्तारुढ दल, मुख्यप्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका बीच भएको शीर्षतहको वार्तामा प्रधानमन्त्रीले संविधान संशोधनसम्बन्धी सरकारी विधेयक नै नेकपा एमालेको बटमलाइन भएको आशय व्यक्त गर्दै संशोधन विधेयकमा परेका प्रस्तावहरु दलको नभएर केही सांसदका भएको बताएका थिए । प्रधानमन्त्री ओलीले ती संशोधन प्रस्तावबारे आफूहरुसँग सल्लाह नभएकाले तिनको स्वामित्व लिन नसक्ने जिकीर पनि गरेका थिए ।
बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले नेपाली काँग्रेसका सांसदहरुले ल्याएको प्रस्तावसँग आफूहरु निकट भएको र ती प्रस्तावमा केही थप परिमार्जन हुनुपर्ने कुरा राखेपछि प्रधानमन्त्रीले ती प्रस्ताव दलको नभएर सांसदको मात्र भएको बताएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि वार्ताबाट मोर्चाका नेताहरु बाहिरिएका थिए ।

%d bloggers like this: