Monday, December 10, 2018
Home > समाचार > सदभावना अध्यक्ष महतोले घाइतेलाई भेटे

सदभावना अध्यक्ष महतोले घाइतेलाई भेटे

Rajendra Mahato in Dharan
सञ्चारक
धरान, माघ ८ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुगेर हिजो रङ्गेलीमा घाइते भएकाहरुको स्वास्थ्यस्थिति बुझेका छन् ।
रङ्गेली घटनापछि सप्तरीबाट आज विराटनगर पुगेका उनी धरानमा घाइतेहरुका स्वास्थ्यस्थिति बुझ्नुका साथै उपचार प्रक्रियाको प्रबन्धनबारे जानकारी लिएको उनका सहयोगी सञ्चारकर्मी पंकज दासले बताए ।
धरानमा सातजना घाइते आन्दोलनकारीहरुको उपचार भइरहेको छ । जसमध्ये तीनजनाको अवस्था जोखिमयुक्त रहेको जनाइएको छ । सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहतासहित अन्य दुईको अवस्था गम्भीर रहेको छ भने मधेशवादी नेता दिलीप धाडेवाको अवस्था तुलनात्मकरुपले कम गम्भीर रहेको छ ।

%d bloggers like this: