Friday, December 14, 2018
Home > समाचार > हत्यामा संलग्नताको आरोपमा थप एक पक्राउ

हत्यामा संलग्नताको आरोपमा थप एक पक्राउ

balak

रञ्जन भण्डारी
जलेश्वर,माघ ८ गते ।

गत हप्ता अपहरणपछि हत्या गरिएका जलेश्वर १२ मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको अपहरण र हत्या अभियोगमा थप एकजना पक्राउ परेका छन् ।
हत्यामा संलग्नता भएको अभियोगमा जलेश्वर–८ का शिवम चौधरी पक्राउ परेका हुन् । उनको मोबाइल फिरौती माग्न प्रयोग गरिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालक अपहरणपछि उनकै मोबाइलबाट ३० लाख भारतीय रुपियाँ फिरौती मागिएको थियो ।
यता सोही घटनामा आरोपीका रुपमा प्रहरीले जलेश्वर १ का २७ वर्षीय पप्पु यादव, जलेश्वर ६ का २० वर्षीय गोविन्दकुमार मिश्र, जलेश्वर १२ का २७ वर्षीय सरोज पाण्डेय र सोही ठाउँका ३१ वर्षीय सञ्जीव मिश्रलाई सार्वजनिक गरिसकेका छन् ।

%d bloggers like this: