Wednesday, February 21, 2018
Home > समाचार > रङ्गेलीमा तीनजना मारिए, कयौं घाइते

रङ्गेलीमा तीनजना मारिए, कयौं घाइते

Rangeli1
सञ्चारक
रङ्गेली(मोरङ्ग), माघ ७ ।

सरकारी सुरक्षाकर्मीको गोली लागेर मोरङको रङ्गेलीमा तीनजना आन्दोलनकारीले सहादत प्राप्त गरेका छन् । संयुक्त लोकतान्त्रिक मोर्चाको आव्हानमा प्रदर्शन गरिरहेका आदोलनकारीहरुलाई तितरबितर पार्न प्रहरीले चलाएको गोलीबाट स्थानीय

 

रङ्गेली–४ का ६० वर्षीया द्रौपदीदेवी चौधरी, डायनियाँ–९ का शिवु माझी र विराटनगर गोल्डन अस्पतालमा उपचारको क्रममा महादेव ऋषीदेवको मृत्युभएको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।
केन्द्रीय सदस्य साहका अनुसार प्रहरीको गोली प्रहारबाट करिब थप नौजना घाइते छन् ।
युवा सङ्घको तराई जागरण अभियानअन्तर्गत आयोजित सभालाई विथोल्न खोज्दा प्रहरीले आन्दोलनकारीहरुमाथि अश्रुंग्यास, लाठीचार्ज र गोली प्रहार गरेका थिए ।
मोर्चाका कार्यकर्ताहरुले जारी संविधानको विरोधमा मधेश आन्दोलन भइरहेकोले संविधानका कथित विशिष्ठतालाई बुझाउन भनेर युवा सङ्घलाई कार्यक्रम नगर्न चेतावनी दिँदै बुधबारबाटै रङ्गेली बन्दको घोषणा गरेका थिए । तर सङ्घले भने झड्प निम्त्याउने गरी प्रहरी सुरक्षाको आडमा स्थानीय प्रहरी कार्यालयसँगैको चउरमा कार्यक्रमको आयोजना गर्ने तयारी गरेको थियो ।
ठूलै झड्पको आशंका गरिए पनि स्थानीय प्रशासनले युवा सङघलाई कार्यक्रम गर्ने अनुमति दिएर योजनाबद्ध ढंगले उपद्रो निम्त्याएको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: