Monday, May 21, 2018
Home > समाचार > वार्ताबाट फेरि बाहिरिए मधेशी नेता

वार्ताबाट फेरि बाहिरिए मधेशी नेता

morchha baithak Aaj
सञ्चारक
काठमाडौं, माघ ७ ।
तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज भएको वार्ता बिनानिष्कर्ष टुङिएको छ । कार्यदलस्तरीय वार्ता भाँडिएपछि शीर्ष नेताहरुबीच हुने वार्ता आजबाट वालुवाटारमा आरम्भ भएको थियो ।
आशंका, अविश्वास र अन्योलबीच भएको आजको वार्तामा तीन दलले मोर्चाले प्रस्तुत गरेका मागहरुप्रति गम्भीरता नदेखाएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
वार्तापछि तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले सरकार र प्रमुख प्रतिपक्षी काँग्रेस वार्ताबाट समस्याको समाधान नगर्ने आरोप लगाउँदै थप सशक्त आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।
सत्तारुढ थप दुईदलसहित पाँचदलले मोर्चासँग सहमति नभए पनि संविधान संशोधन विधेयकलाई पारित गराउने गृहकार्यमा जुट्ने निर्णय बुधबार नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: