Monday, September 24, 2018
Home > समाचार > मोर्चाले भन्यो–‘पूर्वसहमति अनुरुप हिँड’

मोर्चाले भन्यो–‘पूर्वसहमति अनुरुप हिँड’

morchha baithak Aaj
सञ्चारक, माघ ७ ।
सत्तारुढ दल, प्रमुख प्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको प्रधानमन्त्री निवास वालुवाटारमा भइरहेको वार्ता जारी छ । सरकारी र काँग्रेसी कार्यदलका प्रतिनिधिहरुले मोर्चाले प्रस्तुत गरेको एघारबुँदे माग कार्यान्वयन गर्ने कार्यविधि, त्यसको वैधानिकता र समयसीमालगायतका विषयमा निष्कर्ष दिन नसकेपछि कार्यदलस्तरीय वार्ता भङ्ग भएपछि तीन दल र सरकारबीचको यो पहिलो औपचारिक वार्ता हो ।
मोर्चासँग सहमति खोज्ने भन्दै संसदको बैठक तीन दलको आग्रहमा आगामी माघ ९ गतेका लागि सारिएको बेला तीन दल र मोर्चाको यो बैठक भइरहेको हो ।
बैठकमा विगतको कार्यदलमा भएका सहमतिहरुका बारेमा मोर्चाका नेताहरुले तीन दलका शीर्ष नेतालाई जानकारी गराउने र आफूहरुसँग भएको प्रतिबद्धताअनुरुप नै संविधान संशोधनको कार्य थाल्नुपर्नेमा मोर्चाका नेताहरुले जोड दिने वार्तामा सहभागी तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए ।

 

तस्बीर साभार:कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: