Friday, April 19, 2019
Home > समाचार > अस्पतालमा बन्धक घाइते आन्दोलनकारी डिस्चार्ज

अस्पतालमा बन्धक घाइते आन्दोलनकारी डिस्चार्ज

सञ्चारक
काठमाडौं, माघ ६ ।
मधेश आदोलनको क्रममा बीरगञ्जमा प्रहरी दमनबाट  गम्भीर घाइते हुनुभएका पन्नालाल यादव आज काठमाडौंको अर्थोप्लाष्ट अस्पताल ग्वार्कोबाट डिस्चार्ज हुनुभएको छ ।

Panna lal 1
घुँडाको शल्यक्रियापछि चिकित्सकहरुले दिएको सल्लाहअनुसार आराम गर्नुपर्ने भए पनि केही दिनयता आर्थिक कारणले अस्पतालबाट उहाँ बाहिरिन सक्नुभएको थिएन ।
आन्दोलन घोषणा गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुईओटा दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी र सङ्घीय समाजवादी फेरम नेपाललले उहाँको उपचार प्रक्रियामा आर्थिक सहयोग गरका छन् । तराई मधेश सदभावना पार्टीले भने उहाँलाई सहयोग गर्न सकेन ।
आर्थिक अभावले अस्पतालमा अलपत्र पर्नुभएका यादवको अवस्था बुझ्न अस्पताल पुगेका अधिकारकर्मी रन्धीर चौधरीले सामाजिक सञ्जालमार्फत यादवलाई अस्पतालबाट घर फर्कन पन्ध्रबीस हजार रुपियाँको आवश्यक्ता रहेको भन्दै उहाँका दुईओटा टेलिफोन नम्बरहरु सार्वजनिक गरेको थिए ।

Panna lal yadav
सामाजिक सञ्जालमा अत्याधिक शेयर भएका चौधरीको आव्हानपछि कुनै दाताले रकम तिरेर यादवलाई डिस्चार्ज गराएको अनुमान गरिएको छ ।
सरकारले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार खर्च व्योहोर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गरेको छैन ।
अस्पतालबाट डिस्चार्ज हनुभएका पन्नालाललाई थप औषधिमूलो र हेरचारका लागि रकमको आवश्यकता पर्ने बताइएको छ ।

%d bloggers like this: