Tuesday, November 20, 2018
Home > Uncategorized > सखुवामा फुटबल खेलिने

सखुवामा फुटबल खेलिने

Mahendra Nagar Dhanusha

सञ्चारक
महेन्द्रनगर (धनुषा), माघ ६ ।
धनुषाको सखुवामहेन्द्रनगर भोलिबाट जिल्लास्तरीय लिग फुटवल प्रतियोगिता हुने भएको छ । क्षीरेश्वर स्पोट्र्स क्लब महेन्द्रनगर धनुषाको आयोजनामा हुने सो प्रतियोगिताका लागि महेन्द्रनगरको क्षीरेश्वर जनता उच्चमाविको खेल मैदानलाई तोकिएको छ ।
प्रतियोगिताको उद्घाटन भोलि दिनको १ बजे हुने र प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक क्लबले गराएको छ ।
महेन्द्रनगरमा हुने यस प्रतियोगितामा जम्मा १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष रामदेव यादवले बताए । अध्यक्ष यादवले यस्तै लिग प्रतियोगिता धनुषाको खजुरीमा समेत सञ्चालन भइरहेको र दुबै ठाउँमा लिग म्याच सम्पन्न भएपछि टोलीले प्राप्त गरेको अंकका आधार सेमीफाइनल र फाइनल खेल हुने जनाए ।

%d bloggers like this: