Wednesday, August 22, 2018
Home > समाचार > अनेरास्वबियूका पदाधिकारीबीच सप्तरीमा कुटाकुट

अनेरास्वबियूका पदाधिकारीबीच सप्तरीमा कुटाकुट

सञ्चारक सप्तरी \सत्तासिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वबियू) का पदाधिकारीबीच मंगलबार सप्तरीमा कुटाकुट भएको छ । IMG_4072
सदरमुकाम राजविराजमा आयोजना गरिएको बैठकमा अनेरास्वबियूका पदाधिकारीबीच कुटाकुट भएको हो । कुटपिटमा परी एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा अनेरास्वबियूका जिल्ला उपाध्यक्ष रबी राय छन् । उनको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
महाधिवेसनका लागि प्रतिनिधी छनौट गर्ने बिषयमा आयोजित बैठकमा म्यान्यूट भइरहँदा विवाद बढेको थियो । विवादका क्रममा केहि पदाधिकारीले रायमाथि निर्घात कुटपिट गरेको राय निकटका व्यक्तिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: