Wednesday, August 22, 2018
Home > समाचार > शीर्ष तहमा वार्ता जारी रहने : मोर्चा

शीर्ष तहमा वार्ता जारी रहने : मोर्चा

S1
सञ्चारक, माघ ५ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कार्यदलस्तरीय वार्ताको औचित्य सकिएको जनाएको छ । मंगलबार तराई मधेश लोकतान्त्रिक पार्टीको विजुलीबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यदलका सदस्यसमेत रहेका मोर्चाका नेताहरुले यस्तो बताएका हुन् ।

विषयवस्तुलाई टुङ्गो लगाउन आफूहरु अधिकतम लचकता अपनाए पनि सत्तारुढ दल र काँग्रेसका कार्यदल प्रतिनिधिहरुले सुनियोजित तरिकाबाट वार्तालाई निष्कर्षविहीन बनाउँदै समय मात्र बर्बाद गरेपछि कार्यदलस्तरीय वार्ताको औचित्य सकिएको कार्यदलका सदस्य एवं सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी काँग्रेसका कार्यदलले सीमाङ्कन तथा नागरिकतासम्बन्धी कुरामा भएका पूर्वसहमतिअनुसार कार्यविधि बनाउन नमानेपछि मोर्चाको कार्यदलका सदस्यहरुले सोमबारको कार्यदलस्तरीय बैठक बहिष्कार गरेका थिए ।
मोर्चाले वार्ता सम्भावनाको कुरालाई अस्वीकार गरेको छैन । कार्यदलका सदस्य एवं सदभावना पार्टीका सहअध्यक्ष कर्णले दलहरुका शीर्षनेताको तहमा वार्ता जारी रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: