Sunday, February 18, 2018
Home > समाचार > वार्ता विफल हुनुमा मधेशी मोर्चा पनि जिम्मेवार : भण्डारी

वार्ता विफल हुनुमा मधेशी मोर्चा पनि जिम्मेवार : भण्डारी

Sharat Bhandari

सञ्चारक, माघ ५ ।
सङ्घीय समावेशी गठबन्धनका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिँह भण्डारीले देशमा जारी गतिरोध अन्त्य नहुनुमा सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मधेशी मोर्चा दबै दोषी रहेको दाबी गर्नुभएको छ । सोमबार सत्तारुढ दल, मुख्य प्रतिपक्षी काँग्रेस र मोर्चाबीचको कार्यदलस्तरीय बैठक विथोलिएपछि उहाँले आफ्नो पूर्वप्रतिबद्धताबाट पछि हट्ने सरकार र आफ्ना अडानलाई प्रष्टताका साथ राख्न नसक्ने मोर्चाका कारण वार्ता निष्फल भएको बताउनुभयो ।
मधेशी, आदिबासी, जनजाति, दलितलगायतका आन्दोलनका सरोकारबालाहरुका माग एउटै भएकोले राष्ट्रिय चरित्रको बृहत्त आन्दोलन बनाउन मधेशी मोर्चा चुकेको बताउँदै आन्दोलनलाई आफ्नो प्राधिकार बनाउने मोर्चाको प्रयासका कारणले सरकारसँगको वार्ता प्रभावित भएको उहाँले औंल्याउनुभयो ।
सबैपक्षलाई समेटेर आन्दोलन अघि बढेमा मात्र समस्याको समाधान हुने अध्यक्ष भण्डारीको भनाइ छ ।
पाँच महिनाभन्दा बढी समयबाट मधेश आन्दोलन भइरहँदा मागलाई सम्बोधन गर्न सरकार गम्भीर र संवेदनशील नभएको भन्दै यसलाई सरकारको ‘गैरजिम्मेवारीपनको पराकाष्ठा’ को संज्ञा दिनुभयो । नाकाबन्दी र आमहड्तालबाट बेअसर सरकारले अनियमितता, भ्रष्टाचार, कालोबजारीलगायतका अराजकता र बेथितिलाई मलजल गरिरहेको उहाँको आरोप छ ।
लामो समयदेखिको आमहड्ताल र सीमानाका बन्द हुँदा काठमाडौंलगायत पहाडभन्दा मधेशका जनता बढी प्रभावित भएकाले आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै मधेश आन्दोलन र सरकारी रवैयाबारे बास्तविकतालाई बुझाउनेतर्फ लाग्नुपर्ने उहाँको सुझाव छ । अधिकारको लडाइँ लामो हुने चर्चा गर्दै अध्यक्ष भण्डारीले आन्दोलनबाट सरकार बेअसर भएको बेला आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको जिकीर गर्नुभयो । उहाँले मधेश बन्द हुँदा तस्करीतन्त्र मौलाएको पनि बताउनुभयो ।
तीन दलका नेतृत्व तहमा रहेकाहरुको अतिवाद र मोर्चाका केही नेतामा देखिएको अतिवाद दुबै समस्या रहेको भन्दै मध्यमार्गी भएर समस्याको समाधान गरिनुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: