रुपन्देहीमा दादुरा संक्रमण फैलियो, ४ बालबालिकाको मृत्यु

रुपन्देही – दादुरा संक्रमणका कारण कपिलबस्तु जिल्लामा ४ जना बालबालिकाको मृत्यु भएको छ । भारतको  सिमाक्षेत्र नजिकै रहेको सोमडिहा गाबिसका वडा नम्बर ६ र ७ बस्ने ४ बालबालिकाको मृत्यु भएको हो  । सरकारको खोप कार्यक्रम प्रभावकारी नभएका कारण संक्रमण फैलिएको बताइएको छ ।

गत सातादेखी फैलीएको प्रकोपकले ३ बालिका र एक बालकको मृत्यु भएको  छ । संक्रमणले सन्जु चोधरी, रिङका यादव, जानकी रैदास र आकश यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय कपिलबस्तुले जनाएको छ  । सबै बालबालिका ५ वर्ष मुनिका हुन् ।

गाउमा ५० जना भन्दा बढी वालबालिकामा दादुराको संक्रमण देखिएको छ  । सो गाउँका ९० प्रतिशत बालबालिका  खोपबाट बञ्चीत भएको स्थानिय स्वास्थ्यकर्मीको भनाई छ  ।

सरकारले ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर कम गर्न अरबौं लगानी  गरेपनि कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् । स्वास्थ्य सेवा विभागले ३ वर्षदेखी दादुरा÷रुबेला खोप पनि खरिद गर्न सकेको छैन । विभागका निर्देशकहरुको आर्थिक चलखेलका कारण खोप खरिद हुन नसकेको हो । कार्यदक्षता भन्दा आफन्त र आर्थिक लेनदेनका आधारमा निर्देशक नियुक्त गर्ने परिपाठीका कारण स्वास्थ्य क्षेत्र नै धराशायी बन्दै गएको छ ।

 

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *