Friday, May 25, 2018
Home > समाचार > महन्थ ठाकुरको स्वास्थ्य प्रतिवेदन मंगलबार आउने

महन्थ ठाकुरको स्वास्थ्य प्रतिवेदन मंगलबार आउने

Mahanta thaur in medanta1
सञ्चारक, माघ ४ ।
देब्रे गोडाको घुँडामुन्तिर सिस्ट भएपछि उपचारका लागि नयाँ दिल्ली पुग्नुभएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । सिस्ट झिक्नका लागि शल्यक्रिया आवश्यक भएको प्रारम्भिक चिकित्सकीय परामर्शपछि मुटुमा पेशमेकर रहेका अध्यक्ष ठाकुर उपचारार्थ दिल्ली पुग्नुभएको हो ।
आज अस्पतालमा एमआरआइ, सिटीस्क्यानलगायतका परीक्षणहरु गरिएका छन् । जसको प्रतिवेदनपछि मात्र उपचारविधि टुङ्गो लाग्ने तराई मधेश विद्यार्थी फ्रन्टका महासचिव मनीष मिश्रले बताए ।
मेदान्तमा डा. आर आर कसलिवालको नेतृत्वमा रहेका चिकित्सकहरुको विशेष टोलीले उहाँको उपचार गर्दैछ ।
तमलोपा अध्यक्ष ठाकुरको स्वास्थ्यस्थितिबारे अवगत हुन सोमबारै नेपाली दूतावासका अधिकारीहरु पनि मेदान्त अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: