Tuesday, December 11, 2018
Home > समाचार > सरकारले पेल्दै, उधारोमा सम्झौता गर्दै मोर्चा

सरकारले पेल्दै, उधारोमा सम्झौता गर्दै मोर्चा

hridyaesh tripathi
सञ्चारक, माघ ४ ।
सत्तारुढ दल, प्रमुख प्रतीपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनिधिहरु सम्मिलित कार्यदलको बैठक अबेर साँझसम्मका लागि सरेको छ । यसअघि बैठक सोमबार अपरान्ह ३ बजेका लागि निर्धारित गरिएको थियो ।
हिजोको बैठकमा अक्रामक शैलीमा प्रस्तुत भएका मोर्चाका प्रतिनिधिहरुलाई आज पनि थकाउने, गलाउने र अन्ततः आफ्नै दाबीमा सहमत गराउन तथा मोर्चाका नेताहरुमाथि बाह्य दबाबलाई तीब्र एवं गहिरो बनाउने रणनीति तय गर्न सरकारी तथा मुख्य प्रतिपक्षीहरुको छुट्टै छलफल भइरहेकोले कार्यदलको बैठक बस्न बिलम्ब भएको हो । यता तमलोपा कार्यालयमा मोर्चाका कार्यदल प्रतिनिधिहरुबीच पनि कार्यदलको बैठकमा कसरी प्रस्तुत हुने बारे चर्चा भइरहेको छ ।
सत्तारुढ दल र मुख्य प्रतिपक्षीका कार्यदल सदस्यहरुको यस बैठकपछि अबको केही बेरमा प्रधानमन्त्री निवास वालुवाटारमा थप छलफल हुने जनाइएको छ ।
आन्दोलनबाट मधेशकै जनता आजित भएको, सीमानाकाका धर्नामा सँख्यात्मक सहभागिता न्यून हुँदैगएको, प्रदर्शनको धार भुत्ते भएको आदि कारणले मधेश आन्दोलन कमजोर भएको आकलन सरकारी गुप्तचरहरुले दिएपछि सत्तारुढ दल र काँग्रेस कार्यदलको बैठकमा आजबाट अक्रामक तेवरमा प्रस्तुत हुने बताइएको छ । गैरमधेशी राजनीतिक दलका प्रतिनिधिहरुले संविधान संशोधनको सरकारी प्रस्तावमा नाउँ मात्रको संशोधन गरी सदनबाट पारित गराउन आजबाट पहल थाल्ने भएका छन् । उनीहरुले जस्ताको तस्तै अवस्थामा पनि संशोधन प्रस्ताव पारित भएपछि मधेशको जनसँख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण भएको र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित भएको विश्वास मधेशी जनतालाई दिलाउन सकिने आकलन गर्दै मोर्चाको मागलाई अस्वीकार गर्दै संशोधनको दिशामा अघि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ ।
यद्यपी उनीहरुले मधेशी मोर्चाले राखेको एघारबुँदे प्रस्तावअनुसार नै आफूहरु अघि बढेको तर मोर्चाले नै वार्ताबाट अलग्गिएको भन्नसक्ने वातावरण बनाउने रणनीतिमा काम गर्ने आशंका गरिएको छ । ‘कार्यदलको बैठकभित्र अनुदार र अक्रामक देखिने तर बाहिर सरल र खुला हृदयबाट मागलाई सम्बोधन गर्न खोजेको जस्तो प्रस्तुत हुने सत्तारुढ दल र काँग्रेसको संयुक्त रणनीति छ’–आफ्नो नाउँ नछाप्ने शर्तमा एकजना सरकारी नेताले बताए । उनले सरकारले यस्तो प्रपञ्चका लागि बाह्य सहयोग जुटाउन लविङसमेत गरिरहेको छ ।
यता कार्यदलको बैठमा प्रतिरक्षात्मक बन्दै गएका मोर्चाका प्रतिनिधिहरुको नियतमाथि पनि मधेशी जनताले शंका गर्न थालेका छन् । प्रधानमन्त्रीको आमन्त्रणको निहुँमा सदभावना अध्यक्ष सीमानाकाको आन्दोलन छोडेर काठमाडौं आउनु र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई उपचारका लागि दिल्ली पठाइनुजस्ता घटनाले कार्यदलले पनि जसोतसो सहमति गर्ने आशंकामा रहेका जनताले मधेशवादी दलहरुका नेताविरुद्ध पुत्ला दहन गर्ने तयारी गरेका छन् । उनीहरुले मधेशी मोर्चाले आन्दोलनका मागहरु अक्षरशः पुरा नगराएर आन्दोलनबाट हात झिके पनि उनीहरुसमेतको विरुद्ध मधेश आन्दोलनलाई राष्ट्रिय आन्दोलनको रुप दिई थप कडाईका साथ अघि बढाउने निर्णय गरेका छन् ।
यस विषयमा कार्यदलका सदस्य हृदयेश त्रिपाठीले मधेश आन्दोलनका मागबाट अलग्गिएर सहमति नगर्ने बताउँदै त्यसो भए मधेशी जनता अक्रामक हुने आकलन आफूहरुले गरेको उल्लेख गर्नुभयो ।

%d bloggers like this: