Wednesday, August 22, 2018
Home > समाचार > तीन प्रमुख दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहमति नजिक

तीन प्रमुख दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहमति नजिक

आशुतोष आनन्द सिंह ,माघ ३ । तीन प्रमुख दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदल माग सम्बोधन गर्ने खाकालाई अन्तिम रुप दिने सहमति नजिक पुगेको उक्त कार्यदलका सदस्यहरुले बताएका छन्।
आईतबार बसेको कार्यदलको बैठकमा सीमांकनको टुंगो लगाउन बनाइने भनिएको राजनीतिक संयन्त्रबारे अनौपचारिक खाका तयार गरिएको र त्यसको अनुमोदनका निम्ति सोमबार तीन दलको शीर्ष नेतृत्व तहमा राखिने उनीहरुको भनाई छ।
अनुमोदन भएमा सोमवार नै सहमति हुनसक्ने सम्भावना रहेको बताइएको छ।
यसअघि निरन्तर भइरहेको कार्यदलको बैठकबाट निस्किँदा प्रमुख तीन दलका नेताहरुले सहमति नजिक पुगेको बताउने र मोर्चाका नेताहरुले तीन दलबाट स्पष्ट धारणा नआएको प्रतिक्रिया दिने गरेका थिए।00000000

तर आईतवार बसेको कार्यदलको बैठक पछि भने उसलाई दिइएको जिम्मेवारी मोर्चा र तीन दलवीचमा गर्ने भनिएको सहमतिको खाका बनाउने तर्फ निकै अगाडि बढेको उनीहरुले प्रतिक्रिया दिए। नेपाली काँगेसको तर्फबाट कार्यदलमा रहेका नेता महेश आचार्यले भने, खाका निर्माण गर्ने दिशामा हामी सबैले योगदान पुर्याइरहेका छौं र खाकाले एउटा आकार ग्रहण गर्दैछ। सोमवार सकेसम्म सहमति गर्ने प्रयत्न गरेका छौं। आइतबार भएको छलफलमा उठेका कुरालाई सोमबार तीन दलका शीर्ष नेताहरुवीच छलफल गराउने र उनीहरुबाट अनुमोदन भएपछि सोमवार नै बस्नै कार्यदलको बैठकबाट सहमतिको दस्तावेज तयार पारिने कार्यदलका सदस्यहरुको भनाई छ।
मोर्चाले उठाउँदै आएको प्रमुख विषय प्रदेशको सीमांकनबारे तीन दलीय कार्यदलले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको अधिकारक्षेत्र र बैधानिकताका विषयमा आईतवार मोर्चाले आफ्नो मागहरु राखेको थियो।
मोर्चको तर्फबाट कार्यदलमा रहेका तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले भने, राजनीतिक संयन्त्रलाई संसदले वैधानिकता दिनुपर्छ र जुन सहमति र समझदारी हुन्छ त्यसलाई संविधानको पनि अंग बनाउनु पर्छ भनेर सुझाव दिएका छौं।
आइतबारको छलफललाई अरु दिनको भन्दा निकै सकारात्मक रहेको बताएका मोर्चाका नेताहरुले तीन दलका शीर्ष नेताहरुले बैठकले आगामी दिशा तय गर्ने बताएका छन्। वरिष्ठ नेता रायले भने, छलफल राम्रै भयो, कुराहरु सकारात्मक तिर बढेका छन् तर अब शीर्ष नेताहरुवीच के सहमति हुन्छ त्यसमा भरपर्छ।
४ गतेसम्म सहमति गर्ने र सहमति हुन नसके संसदमा रहेको संविधान संशोधन विधेयकलाई पारित गराउने तयारी गरि रहेका तीन दललाई संशोधन विधेयमाथि परेका थप संशोधन मध्येबाट आन्दोलनको माग सम्वोधन हुने गरि पारित गर्ने मोर्चाका नेताहरुले सहमति जनाएको बताइएको छ। कार्यदलमा रहेका संघीय समाजवादी फोरमका केन्द्रिय सल्लाहाकार समितिका सभापति मंगलसिद्धि मानन्धरले भने ” मोर्चाको मागलाई सम्बोधन गर्ने संशोधन पनि परेका छन् त्यसलाई ध्यान दिएर बिधेयकलाई अगाडि बढाउन भनेका छौं”बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: