Sunday, June 24, 2018
Home > Uncategorized > मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने !

मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने !

 

आशुतोष आनन्द सिंह ,माघ ३ ।
प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदलबीच आज हुने वार्ता निर्णायक हुने बताइएको छ । आजको वार्ता सकारात्मक भए मधेशमा जारी आन्दोलनको स्वरुप परिवर्तित गर्न सकिने कुरामा नेताहरु सहमत हुने बताइएको छ ।

1234

मोर्चाले अघि सारेको ११ बुँदे मागका विषयमा हिजो प्रमुख तीन दलका नेता र मोर्चाका नेताहरुको बैठक बसेर दुई दिनभित्रै सहमति गर्ने निर्णय गरेपछि आज पुनः कार्यदलस्तरमा छलफल हुन लागेको हो । दिउँसो २ बजे सिंहदरबारमा बस्ने कार्यदलको बैठकमा मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने गरी एजेण्डा प्रस्तुत हुने कार्यदल सदस्य एवं कांग्रेस नेता महेश आर्चायले जानकारी दिनुभयो । कार्यदलले यसअघि अब गठन हुने संयन्त्रको कायविधिबारे छलफल भइरहेको र आजको बैठकमा छलफल गरी सहमतिमा पुग्ने आचार्यले बताउनुभयो ।

मोर्चाका माग सम्बोधन गर्न निर्माण गर्न लागिएको संयन्त्रको क्षेत्राधिकारका विषयमा मोर्चाले स्पष्टता खोजिरहेको छ । हिजोको बैठकमा तीन दलले मोर्चासँगको सम्झौताका लागि पाँचबुँदे प्रस्ताव राखेका थिए । प्रस्तावमा संयन्त्रको वैधानिक हैसियत यसअघि गठित राज्य पुनर्संरचना आयोगसरह हुनुपर्ने, त्यसलाई संविधानको अनुसूचिमा राख्नुपर्नेलगायतका मागहरु मोर्चाले अघि सारेको छ ।

यसका साथै सीमांकन विवाद राजनीतिक समितिमार्फत समाधान गर्ने, त्यसको अवधि तीन महिनाको हुने, सीमांकनलगायत आन्दोलनका माग सम्बोधन गर्दा विगतमा छलफलमा आएका विभिन्न विकल्पलाई संयन्त्र र त्यसको कार्यादेशलाई संसदबाट अनुमोदन गरेर वैधानिकता प्रदान गर्ने, संविधान संशोधनलाई संविधान जारी गर्ने दलले नै पारित गर्ने उल्लेख छ । आज सहमति भए आगामी माघ ५ गते बस्ने संसद बैठकमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: