विमानस्थल बन्ने भएपछि सप्तरी बासी खुशी

सञ्चारक airportसप्तरी ३ माघ । पछिल्लो पटक बिगत ७ वर्ष यतादेखि विमान उडान नभएको राजविराज विमानस्थलबाट तीन महिना भित्र विमान सञ्चालन हुने थाहा पाएपछि जिल्लाबासी खुशी भएका छन ।
एक दर्जन भन्दा बढी पटक बन्द र सूचारु हुँदै आएको तथा पछिल्लो पटक विगत ७ वर्षदेखी बन्द रहेको राजविराज विमानस्थलबाट आगामी तीन महिना भित्र हवाई उडान हुने खबरले जिल्लाबासी उत्साहित भएका छन ।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार रहेको स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन दिएको निर्देशनमा राजविराज विमानस्थल पनि परेपछि जिल्लाबासीमा आश जगाएको छ ।
समितिले बिहीवार पर्यटन सचिव दिनेशकुमार थपलियालाई बोलाएर छलफल गरी हवाई उडान सञ्चालन सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हवाई उडान सञ्चालनको लागि पर्याप्त भौतिक पूर्वाधार तयार भइसकेका राजविराज, वैतडी, डोटी, टिकापुर, साफेवगर, मेघौली लगायतका विमानस्थलहरुमा तीन महिनाभित्र उडान सञ्चालन गर्न निर्देशन दिएको कुरा सार्वजनिक भएपछि सप्तरी बासी खुसी भएको छ ।
समितिले पूर्वाधार नरहेका विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा सुझावसहितको प्रतिवेदन एक महिनाभित्र दिन पनि मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य तथा सप्तरी संसदीय क्षेत्र नं. २ का सभासद अशोक मण्डलले जानकारी दिए ।
यसअघि राजविराज विमानस्थल संचालनका लागि उड्डयन मन्त्रालय समक्ष जिल्लास्तर विभिन्न पहल समेत गरिएको थियो तर हालसम्म सो पहललाई वेवास्ता गर्दै आइरहेको छ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *