Saturday, December 15, 2018
Home > समाचार > नेपाल युनेस्कोको अध्यक्षमा सर्वसम्मत निर्वाचित

नेपाल युनेस्कोको अध्यक्षमा सर्वसम्मत निर्वाचित

६३ वर्षपछि नेपालले संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको उच्च पद हासिल गरेको छ । नेपाल सन् १८५३ सालपछि युनेस्कोको सदस्य राष्ट्र भएपछि पहिलो पटक नेपाल सो क्षेत्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको नेपाली दूतावास फ्रान्सले जनाएको छ ।

फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्को लागि स्थायी प्रतिनिधि अम्बिकादेवी लुइँटेलले सन् २०१६ का लागि एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षता ग्रहण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।ambika-luitel-1

युनेस्कोका १ सय ९५ सदस्य राष्ट्र मध्ये ४४ एसिया तथा प्रशान्त सदस्य राष्ट्रहरुले सो पद सर्वसम्मत नेपाललाई हस्तान्तरण गर्न सहमति जनाएका थिए ।यसअघि सो पदमा गणतन्त्र चीनले समाल्दै आएको थियो ।

युनेस्कोद्वारा पेरिसमा आयोजित कार्यक्रममा बोल्दै राजदूत लुइँटेलले नेपाललाई युनेस्को राष्ट्रहरुले विश्वास गरेर अध्यक्षमा सर्वसम्मत निर्वा्चित गरेकोमा सदस्य राष्ट्रप्रति अभार व्यक्त गर्नुभयो । उहाले ’नेपालप्रति अन्तर्रा्ष्ट्रिय समुदायले सम्मान तथा विश्वास गरेको भन्दै आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने बताएको बिज्ञप्तिमा उल्लेख छ ।

%d bloggers like this: