Tuesday, November 20, 2018
Home > समाचार > उद्योगीव्यावसायीलाई माया गर्यो राष्ट्र बैंकले

उद्योगीव्यावसायीलाई माया गर्यो राष्ट्र बैंकले

 सञ्चारक, माघ १ ।

भारतसँगको सीमानाका अवरोधले उत्पन्न परिस्थितिमा नोक्सानी व्योहोर्न बाध्य उद्योगीव्यवसायीलाई कर्जाको साँबा र ब्याज तिर्ने समय तीन महिना सारिदिने केन्द्रीय ब्यांकको निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको छ । पुस मसान्तमा म्याद पुगेको भए तापनि प्रभावित भएका उद्योगीव्यावसायीहरुले चैत मसान्तसम्म बिना थप जरिवाना कर्जा चुक्ता गर्न सक्ने राष्ट्र ब्यांकको निर्णय छ ।
बैशाखको भूकम्पपछि अप्ठ्यारोमा परेका उद्योगीव्यावसायीलाई राष्ट्र ब्यांकले असार मसान्तमा समेत कर्जाबारे यस्तै सुविधा दिएको थियो ।

1

नयाँ संविधानपश्चात मधेशमा चर्किएको आन्दोलन र नाका अवरोधले धेरै उद्योगीव्यावसायीले अप्ठ्यारो परेको भनी गुनासो गरेपछि राष्ट्र ब्यांकले बिहीबार पुन ः अर्को निर्देशन जारी गर्दै चैत मसान्तसम्मका लागि कर्जा तिर्न सुविधा दिएको हो ।
उक्त निर्देशनबारे नेपाल उद्योग वाणिज्य महासंघको ब्यांक तथा वित्तिय संस्था हेर्ने समितिका सभापति शंकरप्रसाद पाण्डेले भने, “हामीले पुस मसान्तसम्म बुझाउन नसकेका कर्जालाई चैत मसान्तसम्म बुझाए पनि त्यसलाई थप शुल्क जरिवाना नलिने अनि असल कर्जा मानिने भनेर गरेको निर्णय हाम्रो माग बमोजिम नै छ , यसको हामी स्वागत गर्छौं ।”

2

भूकम्प र नाकाबन्दीले समस्याग्रस्त उद्योगव्यवसायलाई सहयोग गर्न भन्दै सरकारले दुई साता अगाडि पुनर्उद्धार कोष खडा गरेर कर्जाको पुनर्वित्तियकरण गर्नेदेखि थुप्रा अन्य सुविधाको घोषणा गरेलगत्तै राष्ट्र ब्यांकले बिहीबार कर्जा भुक्तानीलाई सहज बनाइ दिएको छ । बैंकले यी सुविधाको दुरुपयोग भने नगर्न पनि भनेको छ । “अब अवस्था सामान्य बन्दै गएको सन्दर्भमा उहाँहरुले पनि मिहेनत गर्नुपर्यो । यो कर्जा भनेको सर्वसाधारणको निक्षेप नै हो । त्यसैले व्यापारउद्योग सञ्चालन गरेर समयमा साँवा ब्याज तिर्नुभयो भने अर्थतन्त्र पनि चलायमान हुन्छ । उहाँहरुको काम पनि हुन्छ र सरकारलाई पनि राम्रो हुन्छ,” राष्ट्र ब्यांकका प्रवक्ता त्रिलोचन पंगेनीले भने ।
यसरी सहयोग पाउने कर्जाको परिमाण ठ्याक्कै कसैले बताउन नसके पनि त्यो अर्बौं रुपियाँमा हुने ठानिएको छ ।
हालै महासंघले गरेको एक अध्य्यनमा तराईमा चर्किएको मधेस आन्दोलन र नाकाबन्दीले २२ सय उद्योग बन्द वा नराम्ररी प्रभावित भएको देखाएको थियो ।

%d bloggers like this: