Monday, May 21, 2018
Home > समाचार > सार्वजनिक यातायात सुधार्न निजी कम्पनी

सार्वजनिक यातायात सुधार्न निजी कम्पनी

Manish Chandra Lal
सञ्चारक, माघ १ ।
सार्वजनिक यातायातको क्षेत्रमा सुधारको गम्भीर आवश्यकता महसूश गरिएको बेला दूर्घटना न्यूनिकरण र सुरक्षा सचेततालाई मध्यनजर गरी यातायात व्यावसायीहरुले अल नेपाल ट्रान्सपोर्ट भलाइ तथा इन्भेष्टमेण्ट प्राइभेट लिमिटेड स्थापना गरेका छन् ।
वैज्ञानिक तथा व्यवहारिक मापदण्डअनुरुप यातायात सञ्चालन गरेर सार्वजनिक यात्रालाई सुरक्षित, भरपर्दो र विश्वासिलो अभियान थाल्ने उद्देश्यले स्थापित कम्पनीमा यातायात क्षेत्रका पुराना, अनुभवी तथा पाका व्यक्तित्वहरुको संलग्नता रहेको छ ।
राजनीतिदेखि सामाजिक क्षेत्रमा करिब तीन दशकभन्दा बढी समय बिताएर पछिल्ला दिनहरुमा सफल यातायात व्यासायीको परिचय बनाउनुभएका मनीषचन्द्र लाल अध्यक्ष रहनुभएको यस कम्पनीमा यातायात क्षेत्रकै अर्का खारिएका व्यक्तित्व नबीन रेग्मी प्रबन्ध निर्देशक हुनुहुन्छ ।
काकडभिठ्ठादेखि बीरगञ्जसम्मका सयौं बसहरु आबद्ध भइसकेको यस कम्पनीमा न्यूनतम पाँच सय बसलाई प्रारम्भिक चरणमा समेटिने कम्पनीका मुख्य कार्यकारी अधिकृत एवं पूर्वी क्षेत्रका पुराना यातायात व्यवसायी सुरेशकुमार मल्लिकले बताउनुभयो । कम्पनीको कार्यक्षेत्र नेपालभरि नै रहनेछ ।
कम्पनीले दूर्घटनालाई कम गर्ने उपाय अबलम्बन गर्नुका साथै सम्भावित दूर्घटनापछिका जटिलताहरुलाई तीब्र तर सरल प्रक्रियाबाट सहज बनाउने कम्पनीका अध्यक्ष मनीषचन्द्र लालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: