बिहार सरकारद्वारा समोसामा ट्याक्स

विरपुर सुपौल \ बिहार सरकारले समोसा, कचौडी र निमकीलाई विलासिताको वस्तुको सुचीमा राखेर ट्याक्स लगाइदिएको छ । मुख्यमन्त्री नीतीशकुमारको अध्यक्षतामा भएको क्याविनेट वैठकले समोसा, कचौडी, निमकी भुजिया, आलूचिप्स, नुनीलो काजू र ५ सय रुपैयाँभन्दा बढी मूल्यका मिठाईलाई अब १३ दशमलव ५ प्रतिशत कर लाग्नेछ । यसअघिसम्म समोसा, निम्कि र कचौडीमा कर लाग्दैनथ्यो । काँचो मेवा, प्याकिङको चनाचुर, भुजिया, दालमोठ, चिप्स र नूनीलो मुमफली जस्ता खाद्य सामग्रीमा पनि करको दर ५ प्रतिशतबाट बढाएर १३ दशमलव ५ प्रतिशत पु¥याइएको छ । यसका अतिरिक्त २ हजार वा सोभन्दा बढि मूल्यका सारी तथा ५ सय रुपैयाँ प्रतिमीटर मूल्यका कपडामा ५ प्रतिशत कर लाग्ने छ । सरकारले यसका लागि विहारको कर नियमावलीमा परिमार्जन गरेको छ । सरकारले आउँदो १ अप्रिलदेखि मदिरामा प्रतिवन्ध लगाउन आँटेकाले त्यसबाट हुने राजश्व घाटा पूर्ति गर्न यस्तो निर्णय लिएको हुन सक्ने बताइएको छ । बिहार सरकारले मध्यम तथा उच्च वर्षले उपयोग गर्ने वस्तु, लामखुट्टे मार्ने ओखती, सौन्दर्य प्रसोधन, कपडा, बिजुलीका सामान, कम्प्युटर, अटो पाट्र्स, रेत आदि सामग्रीको ट्याक्स बढाएको छ ।samosa
राज्यका मुख्यविपक्षि दल भारतीय जनता पार्टीका वरिष्ठ नेता नन्दकिशोर यादवले सरकारको यो निर्णयले ‘रोटी, कपडा र मकान’ सबैलाई महंगो बनाइदिएको भन्दै आलोचना गरे ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *