Saturday, December 15, 2018
Home > समाचार > जब युवा संघका केन्द्रीय नेताहरु पर्खाल नाघेर कुलेलम ठोके

जब युवा संघका केन्द्रीय नेताहरु पर्खाल नाघेर कुलेलम ठोके

yemale1
सञ्चारक, पुस ३० ।
मधेशमा आन्दोलनरत दलहरुका विरोधले नेकपा एमालेनिकट युवा संघले आज जनकपुरमा गर्ने भनिएको कार्यक्रम विथोलिएको छ । संघले जनकपुरमा बिहीबारका लागि कार्यकर्ता भेटघाट कार्यक्रम तय गरेको थियो ।
मोर्चा, समावेशी मधेशी गठबन्धन ,संयुक्त युवा सङ्र्घष समिति, मधेश अधिकार सङ्र्घष समितिसहितका आन्दोलनकारीहरुले विरोध गरेपछि संघको पूर्वनिर्धारित भेटघाट कार्यक्रम स्थगन भएको हो । नेकपा एमाले धनुषाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, मधेश ईन्चार्ज संजिव झासहितका व्यक्तिहरु पार्टी कार्यालयमा पुगेका थिए । तर पार्टी कार्यालय बाहिर व्यापक विरोध प्रदर्शन हुन थालेपछि उनीहरु धेरै बेर पार्टी कार्यालयमा थुनिएका थिए ।
पार्टी कार्यालयमा भेटघाटका लागि बोलाइएका कार्यकर्ताहरुसमेत नपुगेपछि उनीहरु कार्यालयको पर्खाल नाघेर अर्को बाटो हुँदै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
बिहानैदेखि मोर्चामा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम गर्न नदिने बताएपछि पार्टी कार्यालयको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । पार्टी कार्यालय क्षेत्र वरपर व्यापकरुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएका थिए ।
पार्टी कार्यालयको माथ्लो तल्ला र छतमासमेत सुरक्षाकर्मीहरु परिचालन भएको थियो । प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले एमाले र सरकारविरोधी नाराबाजी गरेका थिए । कार्यक्रम स्थगित गरिएपछि मात्रै विरोधको क्रम रोकिएको थियो ।

%d bloggers like this: