Monday, May 21, 2018
Home > समाचार > माघ ५ मा संशोधन विधेयक पारित गरिने !

माघ ५ मा संशोधन विधेयक पारित गरिने !

barta
सञ्चारक, पुस ३० ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधनसम्बन्धी सरकारले पेश गरेको विधेयकले मधेशका माग पुरा नहुने बताइरहेको बेला सत्तारुढ दल र प्रमुख प्रतिपक्षी काँग्रेसले संविधान संशोधन विधेयकलाई माघ ५ गतेको संसद बैठकबाट पारित गराउने निर्णय गरेको छ । संसदमा पेश भएको संविधान संशोधनसम्बन्धी विधेयकमा मुख्य प्रतिपक्षी काँग्रेस र मधेशकेन्द्रित दलका सांसदहरुले संशोधन प्रस्ताव गरेका छन् ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी र काँगेसका शीर्ष नेताहरुको बैठले विधेयक पारित गराउन मोर्चासँग सहमति जुटाउने निर्णय गरेको हो । तीन प्रमुख दलले साझा धारणा बनाएर मोर्चासँगको कुराकानीलाई टुङ्गोमा पुर्याउने सहमति पनि गरेको छ ।
सरकार तथा मुख्य प्रतिपक्षी र मोर्चाका कार्यदलहरुका बीचमा सीमाङ्कन गर्ने कार्यविधिबारे समझदारी हुन सकेको छैन । प्रमुख तीन दलले संघीय प्रदेशको सीमाङ्कन पुनरावलोकन तथा हेरफेर भन्ने वाक्य प्रयोग गरेर सीमाङ्कनका लागि राजनीतिक संयन्त्र बनाउने अडान लिएका छन् भने मोर्चाले मधेशमा दुई प्रदेश हुने गरी सीमाङ्कन पुनरावलोकन र हेरफेर भन्ने वाक्यको प्रयोग हुनुपर्ने दाबी गर्दैआएको छ । मोर्चाले राजनीतिक संयन्त्रको संवैधानिक सुनिश्चितता र छोटो कार्यअवधिका बारेमा पनि ग्यारेन्टीको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: