Monday, September 24, 2018
Home > SlideNews > विराटनगरमा गधा जुलुस निकालियो

विराटनगरमा गधा जुलुस निकालियो

सञ्चारक

विराटनगर, २९ पुस ।

gadha julus2
आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मोरङले आज विराटनगरमा गधा जुलुस निकालेको छ । सत्तारुढ दल र मुख्यप्रतिपक्षी काँग्रेसका नेतृत्व गधाजस्तै थेत्तरो भएको प्रतीकात्मक प्रदर्शन गर्न गधा जुलुस निकालिएको स्थानीय सञ्चारकर्मी ब्रहम्देव यादवले बताएका छन् ।

Gadha julus1
विराटनगरको रोडशेषबाट निकालिएको जलजला चोकसम्म पुगेर सम्पन्न भएको छ । जुलुसमा गधाहरुको उपस्थितिलाई हेर्न विराटनगर बजारमा बाक्लो भिड लागेको बताइएको । जुलुसपछि आयोजित कार्यक्रममा मोर्चाका स्थानीय नेताहरुले प्रधानमन्त्री केपी ओलीको आलोकाँचो स्वभाव र अस्थिर एवं लहडी प्रकृतिले गर्दा मधेशका मागहरु सम्बोधन नभएकोले गधा जुलुस निकाल्नु परेको बताए । मोर्चाका नेता मोहम्मद कादिर, जितेन्द्र यादव र राजु मण्डलले सरकारले गधा प्रबृत्तिलाई परित्याग गरेर तत्काल मधेश आन्दोलनका मागहरुलाई सुनुवाइ गर्नुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: