राजनाथ–महतो भेट : जारी मधेश आन्दोलन र मधेशका मुद्दा तथा सरकारी रवैयाका बारेमा भारतीय नेताहरुसँग केही दिनयता लगातार छलफल गरिरहनुभएका सदभावना अध्यक्ष राजेन्द्र महतोले सोमबार नयाँ दिल्लीमा भारतका गृहमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिँहसँग भेट गर्नुभएको छ । नेपालको घरेलु मामिलाका जानकार एवं मधेश मुद्दाप्रति निकै संवेदनशील मानिनुभएका भारतीय गृहमन्त्री सिँहले महतोसँगको भेँटमा नेपालमा जारी संविधानले सबै पक्षको भावनालाई समेट्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनुएको छ ।