Friday, May 25, 2018
Home > समाचार > तालाबन्दीले सम्पूर्ण पत्रकारहरु मर्माहत ः संगठनहरु

तालाबन्दीले सम्पूर्ण पत्रकारहरु मर्माहत ः संगठनहरु

राजविराज, । पत्रकार सम्बन्धी बिभिन्न संघ–संगठनले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा विगत केही महिनादेखि जारी तालाबन्दीले सम्पूर्ण श्रमजिवी पत्रकारहरु मर्माहत भएको जनाएको छ । fnj
बिभिन्न पाँच वटा संगठनका पदाधिकारीले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो बताएका छन् । उनीहरुले स्व. लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम स्थगित भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।
‘सम्पुर्ण पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा भएको तालाबन्दीका कारण सम्पूर्ण श्रमजिवी पत्रकारहरु मर्माहत भएको महसुस गरेका छौं’ बिज्ञप्तीमा भनिएको छ, “नेपाल पत्रकार महासंघले प्रत्येक बर्ष बितरण गर्दै आएको स्व. लोकेन्द्र स्मृति पत्रकारित पुरस्कार वितरण कार्यक्रम स्थगित गरिएको पत्रकार महासंघको सूचनाले हामीलाई दुःखित तुल्याएको छ ।” जुनसुकै कारणले स्व. लोकन्द्र स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रम रोक्नु आपति जनक कार्य भएको बिज्ञप्तीमा ठहर गरिएको छ ।
बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ सप्तरीको वर्तमान कार्य समितिको कार्यशैली बिरुद्धको संघर्ष समितिले गरेको तालाबन्दीलाई तत्काल खोलाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरी र आन्दोलनरत संघर्ष समिति दुबै पक्ष गम्भीर हुनु जरुरी रहेको भन्दै महासंघको कार्य समिति र संघर्ष समिति दुबैपक्ष सँग अधिकतम लचकताका साथ वार्ता, छलफल र सम्वादको माध्यमबाट वर्तमान समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।
महासंघ सप्तरी तथा संघर्ष समितिबीचको बिवादित बिषयहरुको निकास साधारण सभाबाटै निकाल्न दुबै पक्षलाई आग्रह गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई तत्काल साधारण सभाको मिति तय गर्न बिज्ञप्ती मार्फत माग गरिएको छ ।
प्रेस यूनियनका अध्यक्ष ओमप्रकाश साह, प्रेस चौतारीका कार्यबाहक अध्यक्ष नर्मदेव यादव, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष राजु विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष शैलेन्द्र सिंह र मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।
यस्तै प्रेस यूनियका केन्द्रिय सदस्य अवधेश झाले पनि बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरी नेतृत्वलाई जिम्मेवार भई अघि बढ्न आग्रह गरेका छन् । उनले पछिल्लो लामो समयदेखि महासंघ भित्र देखिएको विवाद मिलाउन केन्द्रीय नेतृत्वलाई आह्वान पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: