पञ्जा छाप यसरी बन्यो चुनाव चिन्ह

baba
नेपाल सदभावना पार्टीको चुनाव चिन्ह पञ्जाछाप हो । गजेन्द्रनारायण सिँहनेतृत्वको नेसपाको यस पञ्जाछापलाई हासिल गर्न विभिन्न चिरामा विभाजित रहँदैआएका सदभावनाकर्मीहरुबीचको शक्तिसङ्घर्षको कता जति दिक्कलाग्दो वाम पट्यारिलो छ त्यति नै रोचक छ चुनावी दङ्गलमा पञ्पाछापले भाग्य उजिलिने कथा । भनिन्छ, मधेशको उच्चारणसमेतलाई साम्दायिक मानिने र मधेशीहरुमध्येका अत्यन्त न्यूनसँख्यामा व्यक्तिहरुले मधेश मुद्दामा काम गर्ने कठिन परिस्थितिका बीच नेसपाको जन्म भएको थियो । गजेन्द्रनारायण सिँहबाहेक खासै नचिनिएका अनुहार र केही तेजस्वी तथा त्यागी मधेशी क्रान्तिकारी नेताहरुका भरमा २०४८ सालको आम निर्वाचनमा सदभावना पार्टीले आफ्नो उल्लेख्य उपस्थिति जनाएको थियो मतप्राप्तिको दृष्टिले । यदपी पछिल्ला दिनहरुमा भने नेसपाको आधिकारिकता विवादसँगै डुलिरहने यो छापले पछिल्ला आमनिर्वाचनहरुमा खासै सफलता प्राप्त गर्न सकेन । तर राजेन्द्र महतोनेतृत्वको सदभावना पार्टीबाट अलग्गिएर मधेश राजनीतिमा नेतृत्वदायी भूमिका स्थापित गर्न सङ्घर्षरत अनिलकुमार झा अध्यक्ष भएको पार्टीले पञ्जाछाप प्राप्त गरेपछि उनको थप भाग्योदय भएको आकलन गरिँदैछ । पार्टीभित्र उनको निर्विकल्प नेतृत्वयात्रा स्थापित गर्न भाँजो हाल्नसक्ने सहअध्यक्ष सरिता गिरीको विदाइ उनले पञ्जाछाप प्राप्त गरेपछिको सफलता नै हो ।
गजेन्द्रनरायण सिँहनेतृत्वको नेसपाले सो चुनाव चिन्ह चिठ्ठा परेर पार्टीलाई प्राप्त भएको सम्झनुहुन्छ नेसपाका तत्कालिन नेता रामेश्वर राय यादव । उनका अनुसार, पञ्जालगायतका अन्य एउटादुईओटा थप चिन्हबारे कसले लिने भनेर विवाद हुँदा चिठ्ठाबाट सदभावनाको भागमा पञ्जाछाप आएको थियो ।
पञ्जाछापले कसरी एउटा ओरालो लाग्दैगरेको राजनीतिज्ञलाई उकासेको खबर निकै रुचिकर र रोमाञ्चक छ । भारतमा एउटा बाबा हुनुहुन्थ्यो, देवरहा बाबा । बाबाका शरणमा आउने धेरै विशिष्ठ व्यक्तिहरु थिए । उनका भक्तहरुमा जवाहरलाल नेहरु, लालबहादुर शास्त्री, इन्दिरा गान्धीजस्ता चर्चित नेताहरु पनि थिए । यी नेताहरु बाबाकोमा हठयोग सिक्न जान्थे । उनीमध्येका सुपात्रलाई पहिचान गरेर बाबाले हठयोगका दशओटै मुद्रा सिकाउने गर्दथे । योग विद्यामा उनीसँग गहन ज्ञान थियो । ध्यान, योग, प्रणायाम, त्राटक समाधि आदिका बारेमा उनले अत्यन्त गुह्य विवेचन गर्थे । धेरैजसो ठूला सिद्ध सम्मेलनहरुमा उनलाई बोलाउने गरिन्थ्यो । जहाँ उनले सम्बद्ध विषयमा आफ्नो प्रतिभाले सबैलाई चकित पार्ने गर्दथे । सबैले यति मात्र सोच्ने गर्दथे कि बाबाले यति धेरै कहाँबाट र कसरी ज्ञान हासिल गरे । ध्यान, प्रणायाम र समाधिका पद्धतिहरुमा उनी सिद्ध मानिन्थे । धर्माचार्य, पंडित, तत्वज्ञानी, वेदान्तीहरुले उनीसँग विभिन्न किसिमले संवाद गर्नेगर्थे । उनले जीवनमा लामो समयका साधनाहरु गरे । जनकल्याणका लागि वृक्ष तथा वनस्पतीहरुको संरक्षण, पर्यावरण एवं वन्यजीवनप्रति उनको अनुराग जगजाहेर थियो ।
भारतमा जब आपतकालपछि भएको निर्वाचनमा इन्दिरा गनन्धीले चुनाव हारिन् । तब उनी देवरहा बाबासँग आशिर्वाद लिन पुगिन् । उनले आफ्नो हातकोे पञ्जाबाट श्रीमती गान्धीलाई आशिर्वाद दिए । बाबा कहाँबाट फर्कना साथ गान्धीले काँग्रेसको चुनाव चिन्ह हातको पञ्जा निर्धारित गरिन । यसपछि भएको १०८० मा भएको निर्वाचनमा इन्दिराकै नेतृत्वमा भारतीय राष्ट्रिय काँग्रेसले प्रचण्ड बहुमत हासिल ग¥यो । र, इन्दिरा देशको प्रधानमन्त्री बनिन । यद्यपी यसबारे एउटा अर्को मान्यता पनि छ कि इन्दिरा गान्धीले आपतकालको समयमा कांची कामकोठीपीठका शंकराचार्य स्वामी चन्द्रशेखरेन्द्र सरस्वतीबाट आशिर्वाद लिँदा उनले आफ्नो दाहिने हात उठाएर आशिर्वाद दिए र पञ्जालाई पार्टीको चुनाव चिन्ह बनाउन भने ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *