Wednesday, August 22, 2018
Home > समाचार > ओलीको बोली नरम : नेसपा अध्यक्ष झा

ओलीको बोली नरम : नेसपा अध्यक्ष झा

Anil jha
सञ्चारक, पुस २५ ।
संघीय समावेशी मधेशी गठबन्धनका एक घटक नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले जारी संविधानलाई पूर्ण समावेशी बनाउन एक सय २ स्थानमा संशोधन गर्नुपर्ने बताएका छन् । राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जारी संविधानलाई पुनर्लेखन गर्नुपर्ने पक्षमा आफूहरु नरहेको भन्दै विभिन्न ठाउँमा गरी १०२ ठाउँमा शब्द, वाक्य, कोष्ठ आदि थप मात्र गर्दा संविधान पूर्ण समावेशी हुने उहाँको भनाइ छ । ‘जारी संविधानलाई सत्तारुढ गठबन्धनले उत्कृष्ट भने पनि यो त्रुटीपूर्ण छ’ अध्यक्ष झाले भन्नुभयो– ‘गठबन्धनले ९ बुँदे माग प्रस्तुत गरेको छ, ती माग सम्बोधन भए संविधान पूर्ण हुनेछ ।’
समग्र मधेशलाई एउटा प्रदेशको मान्यता पाउनुपर्नेमा हाल मधेशको एकीकृत रहेको भू–भागलाई ६ खण्डमा विखण्डन गरिएको संरचना आफूहरुलाई मान्य नहुने अध्यक्ष झाले बताउनुभयो । उहाँले संसदका लागि हुने प्रत्यक्ष निर्वाचन पद्धतिअनुसार संविधानमा पुरै देशका लागि छुट्याइएको १ सय ६५ निर्वाचन क्षेत्रहरु हरेक प्रदेशमा भएको जनसंख्याको समानुपातिक दरले प्रदेशमा बाँडिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा नरम भाषा प्रयोग हुन थालेको सन्दर्भ कोट्याउँदै मधेशको मुद्दा सम्वाद र सहमतिबाटै टुङ्गो लगाउनुपर्छ भने अभिव्यक्ति आउनु सकारात्मक रहेको अध्यक्ष झाले टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: