Sunday, February 18, 2018
Home > पत्रपत्रिकाबाट > युवकमाथिको गोली प्रहारको चर्चा सबैलाई बनाइयो मुर्ख

युवकमाथिको गोली प्रहारको चर्चा सबैलाई बनाइयो मुर्ख

अनिल कुमार ईसर राजविराज \ पाखुरामा गोली प्रहार गरिएको युवकले बताए लगत्तै चारैतिर प्रहरी परिचालन हुन्छ । उनलाई अस्पताल ल्याइन्छ । घट्नास्थलमा प्रहरी उपरीक्षक (एसपी) आफैं गएर हेर्छन् । गोली प्रहार गर्नेको खोजी व्याप्क तरिकाले गर्दै सुरक्षा अवस्था कड बनाइन्छ । तर दुई घण्टा नबित्दै एक युवकले प्रहरीसहित सबैलाई ‘मुर्ख’ बनाएको पुष्टि हुन्छ ।
राजविराजमा एक युवकमाथि गोली प्रहार भएको समाचार शुक्रबार भाइरल बन्यो । एक मोटरसाइकलमा तीन जनााको संख्यामा आएका व्यक्तिहरुले गोली प्रहार गरी गएको युवकले बताए लगत्तै एसपी भीम ढकाल आफैं घट्नास्थलसम्म पुगे र गोली प्रहार गर्नेको खोजी गर्न चारैतिर प्रहरी पनि खटाए । तर ती युवकले सबैलाई ठगेको कुरा बाहिर आएको छ ।
गोली प्रहारबाट घाइते भएको भनिएका राजविराज २ निवासी दिपक ठाकुरले त शुरुमा आफ्नो नाम समेत प्रहरीलाई गलत बताए । ‘उनले आफ्नो नाम चन्द्रशेखर बताउँदै आफूमाथि गोली प्रहार गरेको जनाएपछि हाम्रो टोली त्यहाँ पुग्यो’ एसपी ढकालले भने, “तर युवती जिस्काएको घट्नामा कुटपिट हुँदा उनले आफूमाथि गोली प्रहार गरेको नाटक रचेका रहेछन् ।”
पाखुरामा घाउजस्तै बनेपछि उनले गोली लागेको बताएका थिए । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउँदा गोली कुनै पनि ठाउँमा नलागेको देखिएको एसपी ढकालको भनाई छ । ‘अस्पतालका चिकित्सकहरुले पनि यहीं कुरा भनेका छन्’ ढकालले भने, “शुरुमा त आफूलाई पनि टेन्सन भयो, तर पछि युवकले ठगेको थाहा पाएँ ।”
उनी अस्पताल आए लगत्तै संचारकर्मीहरु त्यहाँ पुगेका थिए । त्यस क्रममा ती युवकले एउटा मोटरसाइकलमा आएका तीन जनाले चार राउण्ड जति फायर गरेको र एक राउण्ड आफ्नो पाखुरामा लागेको बताएका थिए । तर यो घाउ कुटपिटको रहेको चिकित्सकहरुले बताएका छन् ।
स्थानीय ग्रीन इंगलिस बोर्डिङ्ग स्कुलको कक्षा ९ मा अध्ययनरत १७ बर्षीय बालकले भ्रम छरेको बताउँदै एसपी ढकालले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।
ठाकुरले घर नजिकैको आँपको बगैचामा आफूमाथि गोली प्रहार भएको बताएपनि आसपासका बासिन्दाहरुले गोलीको आवाज नसुनिएको बताएका छन् । ग्रीन मधेश दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: