Tuesday, December 11, 2018
Home > समाचार > कार्यविधि मोर्चाको भए सीमाङ्कन सर्ने !

कार्यविधि मोर्चाको भए सीमाङ्कन सर्ने !

upmahantha1
सञ्चारक/ काठमाडौं, पुस २५ ।
सरकार, प्रतिपक्षी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज बेलुकी ३ बजे बस्ने भनिएको बैठकका लागि गृहकार्य गर्न मोर्चाको बैठक अहिले सङ्घीय समाजवादी फोरमको तीनकुनेस्थित कार्यालयमा जारी छ ।
मोर्चाका घटक दलहरुका अध्यक्ष, कार्यदलका सदस्य एवं वरिष्ठ नेताहरुको सहभागिता रहेको बैठकमा सरकार तथा प्रतिपक्षी दलहरुसँग एघारबुँदे प्रस्तावलाई लिएर ठोस तथा निर्णायक कुरा गर्न राख्नुपर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
सीमाङ्कनबाहेक एघारबुँदे मागमध्ये अधिकांशमा सरकार तथा प्रतिपक्षी दलहरुले सुधारिएका भाषासहित संशोधन गर्न सहमत भए पनि सीमाङ्कन गर्ने विषयमा प्रष्ट भएका छ्रैनन् । मोर्चाले प्याकेजमै सहमतिको कुरा गरे पनि सत्तारुढ दल र मुख्य प्रतिपक्षीले राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमाङ्कनसम्बन्धी विवाद टुङ्गो लगाउने भन्दै आएका छन् ।
सीमाङ्कनसम्बन्धी कुरा मधेश आन्दोलनको निकासका दृष्टिले मोर्चाका लागि बटमलाइन रहँदैआएको छ ।
मोर्चाका एकजना नेताका अनुसार , राजनीतिक समितिमार्फत् सीमाङ्कन गर्ने प्रस्तावलाई मोर्चाले स्वीकार गर्ने स्थितिमा त्यसको कार्यविधि मोर्चाकै प्रसतावमा तय हुने र सो कार्यविधिलाई संवैधानिक सुनिश्चितता दिनुपर्ने प्रस्ताव आजको त्रिपक्षीय बैठकमा राखिनेछ ।
सीमाङ्कनका लागि राजनीतिक समितिको प्रस्तावलाई संविधानको अनुसूचीमा राख्नेबारे सत्तारुढ दल र मुख्य प्रतिपक्षीका कार्यदलले सहमति जनाइसकेको छ । तर मोर्चाले बनाउने सोसम्बन्धी कार्यविधिको थप संवैधानिक सुनिश्चितताका बारेमा सरकारी तथा प्रतिपक्षी दलका कार्यदल सदस्यहरुले आफ्ना शिर्ष नेताहरुसँग परामर्श गरिरहेको बताइएको छ । (फोटो ः काठमान्डू पोष्ट)

%d bloggers like this: