Wednesday, February 21, 2018
Home > समाचार > आन्दोलनलाई बदनाम गराउने चलखेल

आन्दोलनलाई बदनाम गराउने चलखेल

dr surendra
सञ्चारक/ सिरहा, पुस २५ ।

आन्दोलनरत मधेशकेन्द्रित दलहरुले सिरहाका उद्यमीव्यावसायीहरुसँग चर्को रकम असुलेको भन्दै केही सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका समाचारप्रति मधेशी अभियन्ताहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले उत्कर्ष र निष्कर्षमा पुग्दै गरेको आन्दोलनलाई थप बदनाम तुल्याउन योजनबद्ध र सिलसिलेवार ढंगले मधेश आन्दोलनप्रति लक्षित ‘मिडिया लडाइँ’ को भत्र्सना पनि गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय समाचार समितिले शुक्रबार तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा.सुरेन्द्रकुमार झाले सिरहाका उद्यमी र व्यापारीसँग चन्दा असुलेको आशयको समाचार प्रकाशन गरेको थियो । डा. झाले पत्र लेखेर स्थानीय मारुती सिमेन्ट र निजि विद्यालयहरुबाट रकम असुलेको समाचारमा आरोप लगाइएको थियो ।
मनगढन्त, अतिश्योक्तिपूर्ण र प्रायोजित ढंगले समाचारमा मारुती सिमेन्टबाट एक लाख रुपियाँ असुल गरिएको डा.झाले बताए । उनले आन्दोलनको क्रममा उद्योगलाई बन्द गरेर सहयोग गर्न आफूले मोर्चाका नेताका रुपमा उद्योग र स्थानीय शिक्षण संस्थानहरुलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकै लेटरप्याडमा पत्र लेखेको जानकारी दिए ।
आन्दोलनको क्रममा असोज २६ गते र मंसिर १७ गते दुईपटक मारुती सिमेन्टलाई चिठ्ठी लेखिएको र ती पत्रहरुका उद्योगको कुनै पनि काम नगर्न आग्रह गरिएको उनले प्रष्ट पारे । मारुती उद्योगले आन्दोलनकै क्रममा क्लींकर सञ्चालन गर्न मोर्चाका सबै घटकहरु तथा केन्द्रीय नेताहरुलाई पत्र लेखेर आग्रह गरेको थियो । क्लींकर सञ्चालन गर्ने उद्योगको पूर्वतयारीलाई रोक्न पत्राचार गरिएको डा.झाको भनाइ छ ।
मारुती सिमेन्ट उद्योगका व्यवस्थापक मनोज श्रेष्ठले मोर्चाले आफूहरुसँग कुनै पनि किसिमको रकम माग नगरेको र उद्योगलाई बन्द गर्न आग्रह गरेको बताए । उनले गत पाँच महिनायता उद्योग बन्द हुँदा आफूहरु मर्कामा परेको भन्दै मोर्चालाई उद्योगको आंशिक सञ्चालन गर्न गरेको आग्रहको प्रत्युत्तरमा ती पत्रहरु प्राप्त भएको श्रेष्ठको भनाइ छ ।
यसैगरी सिरहा एनप्याब्सनका अध्यक्ष चन्देश्वर साहले पनि आफूहरु मधेश आन्दोलनको सरोकारबालासमेत भएको हुँदा स्वतःस्र्फुत ढंगले शिक्षण संस्थाहरु बन्द गरेको बताए । ‘बन्द खुलाउने र गराउने नाउँमा कुनै पनि चलखेल भएको छैन । यस्तो कुराहरुबाट आन्दोलनलाई बदनाम गराउन खोजिएको मात्र हो’–उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: