आलियाप्रति ‘फिदा’ हुनेहरु निराश !

alia

बलीउडका क्यूट अभिनेत्री आलिया भट्टको सुन्दरता र आकर्षणबाट मोहित नहुने कमै होलान् । आफ्नो मनमोहक जीउडाल र भावभङ्गिामाले भारत मात्र होइन नेपालकै युवाको मनमस्तिष्कमा स्थान ओगटेकी आलिया कोहीसँग लिवइन रिलेनशीपमा भएको खबर सुन्नुपर्दा दिक्क लाग्छ नै । यस्तो झर्को लाग्नुपर्ने यथार्थलाई केही दिनअघि भारतीय सञ्चारमाध्यमहरुले पस्केका छन् ।
लामो समयदेखि मायाप्रीतिका बाँधिएका आलिया भट्ट र चर्चित युवा नायक सिद्धार्थ मल्होत्रा केही दिनयताबाट सँगै बस्न थालेका छन् । सुत्रहरुका अनुसार आलिया आफ्ना अधिकांश फूर्सदिला क्षण सिद्धार्थसँग उनको बांद्रास्थित घरमा बिताउन थालेकी छिन् । यति मात्र कहाँ हो र ? आलिया सिद्धार्थको अनुपस्थितिमै पनि उनको सोही घरमा अखाडा जमाउने गरेकी छिन् ।

sidhhartha
यसका अतिरिक्त हालसालै न्यूयोर्कका प्रख्यात डिजाइनर प्रबल गुरुङले आफ्नो इन्ष्टाग्राममा आलिया र सिद्धार्थसँगका केही तस्बीरहरु सार्वजनिक गरेका छन् । यी तस्बीरहरुलाई उनीहरुका बीचको अत्यन्त निकट सम्बन्धको साक्षीका रुपमा लिइएको छ ।
हेरौँ, आलिया वा सिद्धार्थले आफ्नो आत्मीय सम्बन्धलाई कहिले सार्वजनिक गर्छन ।
स्रोत ः आज तक

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *